पत्रकार कपिल ज्ञवाली सम्मानित

बुटवल । पत्रकार कपिल ज्ञवाली सम्मानित भएका छन् । खुद्रा किराना व्यवसायी संघ, रुपन्देहीले आफ्नो १५ औँ साधारण सभा तथा आठौँ अधिवेशनको अवसरमा शुक्रबार पत्रकार ज्ञवालीलाई नगद ५ हजारसहित सम्मान गरेको हो ।
ज्ञवालीलाई लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, संघका अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, सचिव थानेश्वर अर्यालले दोसल्ला ओढाएर नगदसहित समान गरेका हुन् । पत्रकार ज्ञवालीले आर्थिक, सामाजिक गतिविधीलाई पत्रकारिताका माध्यमबाट योगदान पुराएकाले सम्मान गरेको संघले जनाएको छ ।
करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका पत्रकार ज्ञवाली बुटवलबाट प्रसारित बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रमुख र नागरिक अनलाइनमा प्रधान सम्पादकको रुपमा कार्यरत रहेका छन् ।