कास्की-१ मा एमालेका मनबहादुर गुरूङ विजयी

पोखरा । कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरूङ विजयी भएका छन् । उनी २५ हजार ७०८ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १७९ मत प्राप्त गरेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई १० हजार ९४१ मतसहित तेस्रो भए ।
राप्रपाका सूर्यबहादुर गुरूङले पनि ३ हजार ८ मत प्राप्त गरे ।