प्रत्येक नागरीकको खाद्य सुरक्षा र जनताको हितको लागि सरकार लागिपरेको छ : मन्त्री शर्मा

बुटवल । लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले खाद्य अधिकार संप्रभुताको लागि प्रदेश सरकार सदैभ सजग रहेको बताएका छन् । बुटवलमा फियान नेपालको आयोजनामा भएको खाद्य अधिकार तथा खाद्य संप्रभुत ऐन कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार प्रत्येक नागरीकको खाद्य सुरक्षा र जनताको साथमा रहेको भन्दै उनले जनताको हितको लागि नै सरकार लागिपरेको बताएका हुन ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय प्रमुख सन्तोष आचार्यले बोल्दै खाद्य अधिकार मानव अधिकारसंग जोडीएको भन्दै सोही अनुसारको योजना ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा कृषि तथा भुमि व्यवस्था मन्त्रालयका नापी अधिकृत अनिल मरासीनी, कृषि प्रसार अधिकृत अर्जुत खनाल, बाली विकास अधिकृत शालीकराम गौतम लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा फियान नेपालका सचिव मणि आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।