add frist

क्रिकेट प्रशिक्षकमा फेरि पुबुदु नियुक्त

काठमाडौँ, मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा फेरि पुबुदु दसानायके नियुक्त हुनुभएको छ । श्रीलंकन मुलका क्यानेडियन नागरिक पुबुदुको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षको रुपमा यो दोस्रो पटक हो ।

नेपाल क्रिकेट संघ ९क्यान० को शनिबार बिहान बसेको बोर्ड बैठकले प्रशिक्षकको रुपमा पुबुदुको नाम अनुमोदन गरेको हो । क्यानले पुबुदुको नियुक्ति प्रक्रिया यसअघिनै पूरा गरेको थियो । प्रशिक्षक नियुक्तिका लागि क्यानले छनोट प्रक्रिया पूरा गरेर अन्तर्वाता दिएका पाँच जनाको नाम र विवरणसहित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० मा पठाएको थियो ।

क्यानले आईसीसीमा पठाईएको सुचीमा पुबुदुसँगै भारतका मोन्टी देसाई, अष्ट्रेलियाका पूर्वक्रिकेटर असान्था गुरुसिंघे र न्यूजिल्यान्डका पूर्व क्रिकेटर ग्रान्ट वार्डेन र श्रीलंकन पूर्व क्रिकेटर रुवान काल्पेज हुनुहुन्थ्यो ।

नेपाली टोलीको प्रशिक्षकका लागि क्यानले मागेको आवेदनमा ६० जनाले आवेदन दिएका थिए । क्यानले पहिलो चरणमा १५ जना छनोट गरी अन्तिममा पाँच जनाको अन्तवार्ता लिएको थियो । क्यानको छनोट समितिले आईसीसीमा पठाएको पाँच जनाबाट अन्तिममा पुबुदुको नाम अनुमोदन गरेको हो ।

पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक हुनुहुन्थ्यो । पुबुदुकै प्रशिक्षणमा नेपालले बंगलादेशको ढाकामा सन् २०१४ को टी–२० विश्वकप खेलेको थियो । गत सेप्टेम्बरमा ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजसँगै मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन थियो ।

नेपालले करिव तीनमहिना पछि मुख्य प्रशिक्षक पाएको हो । तत्कालका लागि पुबुदुको काम अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाललाई पुर्याउनु हुनेछ । ग्लोबल छनोटका लागि नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ ।

आईसीसीले हालै सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ को छनोट खेल सन् २०२२ को फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछ । समूहमा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु