एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा भीम रावलले २२३ मत पाएका छन् । अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ। सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।