add frist

रुपन्देहीमा असार ७ गतेसम्म लम्बियो निषेधाज्ञा

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ । जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो गरी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

‘आर्थिक गतिबिधीलाई केही नियमित गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको छ , सूचना अधिकारी थापाका अनुसार अब बिहानमा तरकारी, माछा मासुका पसल खोल्न पाइन्छ ।’ यस्तै अन्य पसलहरु सुरक्षाका मापदण्ड पालना गरी बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु