लक्ष्मी महिला कृषि सहकारीको सपिङ्ग सेन्टर सञ्चालनमा

बुटवल । श्री लक्ष्मी महिला कृषि सहकारी संस्था लि.बुटवलले सपिङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ ।
उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका खाध्य सामग्री किनमेलको अनुभव दिलाउने उदेश्यले बुटवल –६,शान्तिपथमा यो सपिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको हो ।
सोमबार आर्थिक मामिला तथा कृषि मन्त्रालय प्रमुख श्याम कुमार पौडेलले सपिङ्ग सेन्टरको उद्घाटन गरेका हुन् ।
सपिङ्ग सेन्टरको शुभारम्भ गर्दै पौडेलले यस्ता सपिङ्ग सेन्टरले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकहरुलाई एउटै थलोमा आवश्यक खाद्यन्न लगायतका सामग्रि किनमेल गर्ने अवसर मिल्ने बताए ।
संस्थाका अध्यक्ष मोतिमा भुसालका अनुसार यो सपिङ्ग सेन्टरमा दैनिक उपभोग्यबस्तु, चामल, चिनि, दाल,तरकारी,फलफुल लगायतका सामाग्री किनमेल गर्ने अवसर मिल्ने बताइन् ।
यसका अलवा सहकारीमा आवद्ध सेयर सदस्यले उत्पादन गरेका सामाग्रीहरू लाई बिशेष प्रथामिकताका साथ बिक्रि बितरण गरिने बताइन् ।
कार्यक्रममा वडा सदस्य नन्दा थापा,भिम बहादुर घले,लक्ष्मी प्रधान,तारादेवि अधिकारी लगाएतले सपिङ्ग सेन्टरको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका शिक्षा उपसमिति संयोजक हिरा श्रेष्ठको स्वागत र व्यबस्थापक तुल्सा पाण्डेको सञ्चालन रहेको थियो । आगामी दिनमा संस्थाको बहुउद्देश्यीय अनुरुपका कार्यहरु गर्ने योजना अनुरुप कार्य भईरहेको अध्यक्ष मोतिमा भुसालले बताइन् ।