test3

गृहपृष्ठ अन्जु पन्तको स्वरमा,मंजिता केसीको तीज गीत “तीजको लहर”बजारमा ( भिडियो सहित)

अन्जु पन्तको स्वरमा,मंजिता केसीको तीज गीत “तीजको लहर”बजारमा ( भिडियो सहित)

बुटवल,साउन।  हिन्दु महिलाहरूको महान पर्व तिज नजिकिदैं जाँदा नेपाली साँगितिक क्षेत्रमा छुट्टै स्थान बनाइसकेकी मन्जिता केसीलाई समेत तिजको रौनकले छोएको छ । चर्चित मोडल मन्जिता केसी बिगत धेरै बर्ष देखि नेपाली म्युजिक भिडियो चलचित्र हरुमा कामगर्दै आईरहेकी एक प्रतिभासाली कलाकार हुन् । अरुको भिडियोमा काम गर्दै आईरहेकी उनिले पछिल्लो समयमा आफ्नै एल्बम पनि बजारमा ल्याउन थालेकी छन् । अगिल्लो बर्ष गायिका आईसा राणा को स्वरमा तिजको रन्को बोलको तिज गित बजारमा ल्याएकी थिइन् । सो गित पनि राम्रै बजारमा चलेको थियो । यसपालि पनि सोहि क्रमलाई निरन्तरता दिदै यस बर्ष चर्चित गायिका अन्जु पन्तको स्वरमा उनको दोश्रो एल्बम “तिजको आयो लहर” नामक गित सार्बजनिक गरेकी छन । गायक तथा संगीतकार सन्तोष केसी को सब्द संगीत रहेको छ भने मन्जिता केसी आफैले अभिनय गरेर भिडियो लाई दम्दार बनाएकि छन् । गितलाई एरेन्ज कमल सौरागले गरेका हुन् भने सौरभ लामाको छायांकन रहेको छ । सुप्रिम पराजुलीको सम्पादन अनि शिब बिकको निर्देशन रहेको गीत को भिडियो गायक सन्तोष केसी को युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ । भिडिया हेर्न यो लिंक क्लिक गर्नुहोला ।https://youtu.be/N5tX0YpoBRc

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु