test3

गृहपृष्ठ चलचित्र ‘सेल्फी किङ’को गीत ‘जिन्दगीको के छ र भर’ बजारमा (भिडियोसहित)

चलचित्र ‘सेल्फी किङ’को गीत ‘जिन्दगीको के छ र भर’ बजारमा (भिडियोसहित)

बुटवल माघ । गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किङ’को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगीको के छ र भर’ बोलको गीतमा आफ्नो मान्छे गुमाउदाको पिडाभाव झल्किन्छ । चल र अचल दृश्य समावेश गीतमा मुख्य कलाकार विपिन कार्की फिचर्ड छन् । एक हास्यकलाकारको तीन दिने यात्राको कथा भन्ने चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।

सुभाष भुसालले संगीत भरेको गीतमा केतन क्षेत्रीको स्वर छ । भने, सुरज गैरे ‘विवस’ले शब्द रचना गरेका छन् । सुभाष र केतनको पछिल्लो सहकार्यमा ‘लै लै’ बोलको गीत हिट भएको थियो ।चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ ।

निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ । दिनेश राउत र सुभाष थापा मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन् । सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा प्रवल कोइराला र राजेश बिशुराल सह-निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु