test3

गृहपृष्ठ बसन्त र मञ्जुको तिज गित गोरखपुरे रेल बजारमा (भिडियो सहित)

बसन्त र मञ्जुको तिज गित गोरखपुरे रेल बजारमा (भिडियो सहित)

बुटवल,साउन । साउन सुरु भए सगै कलाकारहरुले तीजका गीत बजारमा ल्याउन थालेका छन । यस वर्षको तीजलाई लक्ष्यित गरी कलाकारहरुले गित गाई सकेसकेका छन । कतिपयले बजारमा नै ल्याउन लागिसके भने कतिपयले बजार ल्याउने तयारीमा छन । परम्पराग शैलीमा घर बेसी गर्दा दुःख भोगाईका पीडामा गाइने तीजका गीत पनि समयको परिवर्तन संगै फेरीएका छन । नयाँ गीतको बजारमा माग भएपछी कलाकारहरुले पनि त्यस्तै गीत बजारमा ल्याउने गरेका छन । नयाँदेखि पुराना कलाकारसम्म सबैले तीजमा एउटा न एउटा गीत निकाल्ने गरेका छन । २०६७ सालदेखी कलाकारिता क्षेत्रमा लागेर गायन सँगै गित र रचना गर्ने एक बहुप्रतिभाशाली व्यक्तित्व हुन बसन्त लम्साल । विछोडको घाउ बल्झाउन आउछौ गीत निकालेर पहिलो पटक नै चर्चामा आएका बसन्त लम्सालले यस वर्षको तिजलाई लक्षित गरी गोरखपुरे रेल बोलको तिज गीत बजारमा ल्याएका छन् । गीतमा बसन्त लम्सालको लय बिक्कु कुवँरको शब्दमा बसन्त लम्साल र मञ्जु भट्टाईको श्वर अनि गायक नायक रामजि खाँड,सलिना नेपाली र विश्वास नेपालको दम्दार नृत्य रहेको छ । जसमा विश्वास नेपालको एरेञ्ज, काजिश श्रेष्ठ को उत्कृष्ठ निर्देशन तथा कोरीयोग्राफीमा,अजय रेग्मीको छायाँकन,दिपक बिष्टको सम्पादन रहेको छ । जुन गित सुर्यविनायक फिल्मस्को दृश्य निर्माणमा अर्घादरबार फिल्मस् प्रा.लि.ले बजार व्यबस्थापन गरेको छ । भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोला । https://youtu.be/zNkrhWDkLwA

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु