add frist

गृहपृष्ठ सम्झेर आऊ घर

सम्झेर आऊ घर

"कविता"

आमाबा सबका पूजारि दिलका, बाँडी खुशीले जिए ।
खूबाई दरिलो मिठो र रसिलो, विद्ध्या दिलाई दिए ।।
सम्झेरै जननी निकालि पसिना, पैसा कमाऊ तर ।
बस्छन् ती भगमान पूजन गरी, सम्झेर आऊ घर ।।
(१)
साथी ती सगिनी डुबेर दिलमा, सम्झी रहेछन ्सदा ।
खेज्दैछन् सबले निरन्तर रुदै, संझी रहेछन् यता ।।
आऊ है घरमा समस्त जनले, लाग्नै नपारे कर ।
आशामा दिनहुंँ बसेकी धरती, सम्झेर आऊ घर ।।
(२)
देखाऊ श्रमको महत्व तिमिले, सच्चा बनी मानव
स्वाभीमान् बढवा गराउ तनले, पक्का बनी मानव ।।
ल्याऊ है धन त्यो रमाइ तिमिले, नित्य ढिकूटी भर ।
स्वर्गैछन् जननी नबिर्से तिमिले, सम्झेर आऊ घर ।।
(३)
त्यागी स्वार्थ तिमी उचाल धरती, पाऊ समाई कन ।
छिट्टै आउ तिमी बिशाल हृदय, संझेर सूसज्जन ।।
नेपाली धनका बिशाल मनका, रत्ती नबिर्से घर ।
सिँचाऊ पसिना स्वदेशि तनमा, सम्झेर आऊ घर ।।
(४)
आफ्नै पौरखमा लागेर श्रमका,े बिश्वास दिलाउने गर ।
आमाका समिपै रमी पलपलै, बिर्सी नसक्नु बने ।।
नेपाली भुमिमा फुलाउ फुल त्यो, त्यस्मै रमाउने गर ।
देशैभित्र सबैछ पीर नगरी, सम्झेर आऊ घर ।।
(५)
बाँझा छन् जमिनै पटाइ बलले, अन्नै फलाई कन ।
उद्योगी बन लौ परीश्रम गरी, जम्मा गराऊ धन ।।
रोपी कागति सुन्तला जमिनमा, टन्नै फलाउने गर ।
छाड्देऊ परदेश् कदापि नबसे, सम्झेर आऊ घर ।।
(६)
हीमाली परिबेश् अपार्छ जसमा, स्वर्गै छ सौन्दर्यता
पाहाडी भुमि त्यो अचम्म जनमा, अर्कै छ आनन्दता ।।
भण्डारै जनको तराइ तल त्यो, आश्चर्य मान्छन् सब ।
नेपाली जनको अमूल्य नीधि हो, सम्झेर आऊ घर ।।
(७)
खाऊ पीउ रमाउ थलमा, उद्योग गर्दै जहा
बन्धूबान्धब ती कती सरसिला, मीलेर बस्छन् यहाँ ।।
नेपाली जननी नबिर्स फूलल,े नित्यै सिगार्ने गर ।
आर्जेको गणतन्त्रमा रसलिनै, सम्झेर आऊ घर ।।
(८)

भरतमणि भट्राई
श्री रामकोट माध्यमिक विद्यालय
रुपाः ७, कास्की ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु