add frist

गृहपृष्ठ सपनामै सीमित रह्यो

सपनामै सीमित रह्यो

"कविता"

केही गर्छु भन्ने मेरो सपना थियो
गर्नपर्नै त मैले धेरै थियो
अधिकांश आसेपासेहरु तगारा बने
वैघातका ब्यस्तताले ज्यान समेत लियो
उद्धेश्य किन हो चिन्तनका बादल बने
आमाको काखमा दुष्टहरु जमे
आशा केवल आकाशको फल मात्र
सफलता प्राप्त हुने सपनामा मात्र ।
दुःखको सागरमा चुर्लुम्म डुबिने भो
आखिर त्यो सपना नै हुने भो ।

तर त्यो
केबल सपना, सपनामै सीमित रह्यो।
कहिले पूर्व, कहिले पश्चिम भौंतारिदै
अनेकौं कठिनाइ पार गर्दै
जसका निम्ति जीवन अर्पिएथें
त्यसले आफूलाई धोका दियो
पूरा हुन्थो भन्थें अबश्य एकदिन
छक्क परें , बिडम्बना नै बन्यो
तर त्यो
केबल सपना, सपनामै सीमित रह्यो

तन र मनको खाला फाली
घोक्रो सुकाइ खाइनखाई
महानताको पुजारी बनाउन मनथ्यो
तर त्यो
केबल सपना, सपनामै सीमित रह्यो

व्यक्तिगत स्वार्थ रत्तिनराखी
राम्रो र मिठो चाख्द ैनचाखी
सर्वस्व त्यस्मै समर्पण गरेथें
स्वादिलो फलको अपेक्षा गरेथें
तर त्यो
केबल सपना, सपनामै सीमित रह्यो

आफ्ना र आफ्नो भन्दै नभनी
झरी र बादल प्रबाह नगरी
अहोरात्र खटे उन्नतिका निम्ति
सपना देखेथें कल्याणका निम्ति
तिमीसंग मेरो आशा थियो
तर त्यो
केबल सपना, सपनामै सीमित रह्यो

मातृ ह्रृदय हँसाइ राख्न
नेपाली संकार बचाइ राख्न
सार्वभौमिकता र राष्ट्रियता जर्गेनाका निम्ति
सोच थियो तिनी सेबक बन्लान्
तर त्यो
केबल सपना, सपनामै सीमित रह्यो

जन्मने मर्ने रीति नै रहेछ
गर्छु केही भन्दा त जीवनै गएछ ।
जस्बाट आशा गरेको थिएँ
परिणाम उल्टो देखिदै गएछ ।
उद्धेश्य पूर्ण पार्न त मन थियो ।
तर त्यो
केबल सपना, सपनामै सीमित रह्यो ।

समस्यामै जुध्दा तीन बीस कटे,
खाइनखाइ एक्लै खटें ।
मात्र ऐले अस्तिपञ्जर रह्यो ।
पूरा भएन सोचेको मेले ।
तर त्यो
केबल सपना, सपनामै सीमित रह्यो ।

हारेको छैन कदापि
मनले हरेश खाएको छैन ।
साकार पार्लान् भावि सन्तान,
देशको शान झुक्ने छैन ।
ह्ुन्न त कहिल्यै लागेकै होइन,
तर त्यो
केबल सपना, सपनामै रह्यो ।

भरतमणि भट्टराई (प्रधानध्यापक)
श्री रामकोट माध्यमिक विद्यालय
रुपा .७, कास्की ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु