add frist

नेता

कसैले सोध्ला जहिले जे गरे पनि हुने, जे बोले पनि हुने को होला ?
जस्तो अवस्थामा पनि छेपाराको झैँ सलक्क मिलिहाल्ने ,
ढाट्न र छल्न असाध्य सिपालु, जोसंग पनि चिप्ला कुरा गरिहाल्ने ,
सक्दिन र गर्दिन कदापि नभन्ने तर सिन्को दुई नगर्ने ,
कर्के टोपी , दौरा सुरुवाल टाई कसेर चिटिक्क्m देखिने ,
चिल्लो कारमा सहेर गरी विश्व हाक्ने कुरा गर्ने , तर आफ्नो गल्ली फोहर गर्ने ,
त्यस्तो विचित्रको महामानव को हुन सक्ला हजुर ? जवाफ पाउन सकिएला खै ?

लोग्ने मानिस पनि सेत्केरी हुने, पर्सुतिको इन्जेक्सन लगाउने,
आफ्नो पास्पोर्ट बिक्री गरी पैसा हजम गर्ने,
आफ्नै घर हँुदाहँुदै घर भाडा, सवारीका साधन भएर पनि अर्को खरिदी इन्धन हजम गर्ने,
पोखरी खन्दै नखनी खनेर पुरेको रकम हसुर्ने, ढेक्दारी कमिसनबाट मोटाउने ,
परिआए देशका संपति समेत बिक्री गर्न पछि नपर्ने,
त्यस्तो होनाहार मानवको परिचायक को हुन सक्ला हजुर ? चिन्न सकिएला खै ?

काण्डैकाण्डको माला भिर्ने, पैसा भनेपछि मरिहत्य हाल्ने,
कालो कर्तुतलाई सफेद बनाउन, न्यायलय नै किन्ने,
संबिधान लत्याएर हिटलरी बन्ने, आफूलाई दैवी शक्ति ठान्ने,
जनतालाई प्रवाह नगर्ने,देशको ढुकुटीमा डुबुल्की मार्ने,
ब्यापार,ढेक्कापट्टा,निर्माण,आयआर्जन सबैमा तर मार्ने,
जन्तालाई अन्धो बनाई आफू रजाई गर्ने ,
त्यस्तो जनसेवी कर्तब्य निष्ट अपराधि को हुन सक्ला हजुर ?देख्न पाइएला खै ?

आफूले गरेको काम साह्रै ठूलो हुने, तर त्यही काम अरुले गरेकोमा तुच्छ हुने,
बाटो घाटो पुल पुलेसा जस्ता कार्यहरु आफू र आफ्ना लागि मात्र हुने,
जी एम मन्त्री र मन्त्रीका आशेपासे आफ्नै मात्र हुने
मामाका सात पुस्ता र सालीकापाँच पुस्तासम्म अकुत संपति थुपार्ने,
जनताको रगत र पसिनाको दहन गनै औधी रुचाउने
त्यस्तो सफेद टिलिक्क टल्कने अवसरवादीको पहिचान कस्ले राख्ला ? चिन्न सकिएला खै ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु