add frist

४० औं मगर दिवस मनायो मगर महिला संघ बुटवल–१७ ले (फोटोफिचर)

बुटवल । नेपाल मगर महिला संघ बुटवल उपमहनगरापालिका–१७ मोतिपुरले आइतबार ४० औं मगर दिवसको अवसरमा बाजी बज्या थानको शिलान्याश गरेको छ । बुटवल–१७ मोतिपुरमा मगर समुहदायका धार्मिक आस्थाका रुपमा रहेको बाजी बज्या थानको वडा अध्यक्ष सन्तबहादुर रानाले शिलान्यास गरेका हुन् ।


नेपाल मगर संघ केन्द्रिय समितिको सर्कुलर अनुसार पूर्व अध्यक्ष स्व. झकबहादुर थापाको ५ औं दिनको पून्य तिथीमा शोकसभासहित दिवस मनाइएको छ । सो अवसरमा बोल्दै बुटवल–१७ का अध्यक्ष राना मगरले पूर्व अध्यक्षले संघका लागि गरेका योगदानहरुको उच्च मूल्याङ्कनसहित उनले देखाएका सकारात्मक बाटोलमा लाग्न सके सच्चा श्रद्धाञ्जली हुने बताए । मगर महिला संघले बाजी बज्याको थान निर्माण तथा भवन स्थापनाका लागि राखेका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल मगर लेखक संघ लुम्बिनी प्रदेशका पूर्व अञ्चल सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देही पूर्व सचिव आशिष सुर्यवंशी मगरले एकतासँगै आत्मनिर्भरतर्फ अग्रसर हुनु पर्नेमा जोड दिए ।

मगर कला र संस्कृतिको संरक्षण गर्दै आर्थिक तथा सामाजिक रुपमा परिवर्तन हुन आवश्यक रहेको औल्याए । कार्यक्रममा बोल्दै बुटवल–१७ का वडा सदस्य यमकली सुनार, मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भिमप्रसाद न्यौपाने, शान्तिदिप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गोपाल श्रेष्ठ समाजसेवी चिबहादुर थापा, धर्म बुढाथोकी तथा चन्द्र बहादुर घर्ती लगायतले बोल्दै दिवस तथा पर्वहरुले समाजलाई एक ठाउँमा बाध्न सफल रहेको उल्लेख गरे ।

विभिन्न जातजातिका धर्म तथा परम्परालाई सबैले सम्मान गर्नु पर्ने तथा राज्यको तर्फबाट समेत समान व्यवहार गर्न आवश्यक रहेको उनीहरुले बताए ।

मगर महिला संघ बुटवल–१७ की अध्यक्ष कृष्णकुमारी दर्लामीको सभापतित्वमा भएको कार्यक्रममा सचिव रञ्जना सिंजाली, सुनिता रास्कोटी तथा कल्पना घर्ती मगरले सञ्चालन गरेका थिए । कार्यक्रममा मँगर कला र संस्कृति झल्कने विभिन्न नाच तथा बाजागाजा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु