add frist

महिलाबाद र तन्त्रबारे अन्तरक्रिया

बुटवल । साहसी कदम नेपालको आयोजना महिलाबाद र तन्त्रबारे अन्तरक्रिया सम्पन्न भएको छ । बुटवलमा एक कार्यक्रमका बिचमा अन्तरक्रिया भएको हो।

कार्यक्रममा बोल्दै भिक्षु कश्यप९सुनिलबाबु पन्त०ले महिलाबादको बारेमा उल्लेख गर्दै धार्मिक परम्परा अनुसार सबै धर्ममा पुरुष नै रहेको बताउदै तन्त्रमा मात्रै मातालाई नै प्रमुख मानिएको उल्लेख गरे। तन्त्रलाई उर्जाको सहाराको रुपमा हेर्नुपर्ने उल्लेख गरे।
तन्त्र मातृसत्मात्क रहेको उल्लेख गर्दै तान्त्रिक रुपमा महिलालाई प्रमुख मानिने उल्लेख गरे ।

निलहिरा समाजको सस्थापक अध्यक्ष समेत रहेका भिक्षु कश्यपले तन्त्रले तेसोलिङीलाई समेत राम्रो स्थान दिइएको उल्लेख गर्दै मन्दिरहरुको बाहिर पनि आकृतिहरु रहेको उल्लेख गरे । पितृसत्तात्मक प्रणालिले भन्दा मातृसतात्मक प्रणालिले यो समुदायलाई प्राथमिकतामा राखेको उल्लेख गरे।
साहसी कदम नेपाल अध्यक्ष आनिक रानाले भिक्षु कश्यपले सांसद भएको समयमा उठाएका तेस्रोलिङिका मुद्दाले यौनिक तथा लैङिक अल्पसंख्यक समुदायका ब्यक्तिलाई धेरै राम्रो पुगेको बताईन।

उनले अझैपनी यौनिक तथा अल्पसंख्यक समुदायलाई विभेद भएको बताउदै अझैपनि मुद्दाहरुमा लडिरहेको बताईन।
कार्यक्रममा पत्रकार, यौनिक तथा अल्पसंख्यक समुदायका ब्यक्तिहरु, अधिवक्ता लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु