add frist

महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल रुपन्देहीमा नयाँ नेतृत्व अध्यक्षमा हेमा न्यौपाने चयन

बुटवल,माघ । महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल रुपन्देहीमा नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार बुटवलमा आयोजित महिला मानव अधिकार रक्षकहरुको संजाल रुपन्देहीको बार्षीक साधारण सभा तथा अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो । हेमा न्यौपानेको अध्यक्षतामा गठित १३ सदस्यीय समितीको उपाध्यक्षमा कल्पना तिवारी ,सचिवमा अस्मिना पाण्डे ,सह सचिवमा साबित्रा घिमिरे,कोषाध्यक्षमा राधिका श्रेष्ठ,सदस्यहरुमा प्रतिमा भट्टराई, शुस्मा अर्याल , शुशिला पोखरेल, मनिला न्यौपाने,इन्दिरा भण्डारी ,बिद्या घिमिरे,मञ्जु श्रेष्ठ,संगिता जि आर चयन भएको निर्वाचन मण्डलका संयोजक गौमती सुनारले जानकारी दिइन् । यसअघि कार्यक्रममा बोल्दै महिला मानवअधिकार रक्षकहरुको संजालका केन्द्रिय अध्यक्ष डा. रेणु अधिकारीले समुदायमा काम गर्ने महिलाहरुलाई अझै पनि सहज वातावरण सिर्जना नभएको बताइन् ।

कुनैबेला मानव अधिकारकर्मी भन्ने बित्तिकै पुरुष हो भन्ने बुझाइ रहेको स्मरण गर्दै स्वच्छ र निष्पक्ष अधिकार स्थापित गर्नुमा महिला मानव अधिकारको अमुल्य योगदान रहेको धारणा राखिन ्। राजनितिक अस्थिरताले मानव अधिकारको दायरा छायामा पर्न नहुने तर्क गर्दै अधिकारको अभियानमा लाग्नेले राजनितिक आस्था भन्दा माथी उठेर सही र गलत छ्ट्याउनुपर्ने बताइन् ।

बुटवल उप महानगरपालिकाका उप प्रमुख गुमादेबि आचार्यले अहिलेपनि महिला भएकै कारण धेरै ठाउमा अवसरको कमि हुने गरेको बताइन् । मानव अधिकारको रक्षा गर्न र हिंसा रहित समाजको निर्माणका लागी लैङिगक हिंसामुतm बुटवलको अवधारणा ल्याएको जानकारी दिइन् । कार्यक्रममा जिल्ला संजालका पुर्ब अध्यक्ष महिला अधिकारकर्मी साबित्रा अर्यालले आर्थिक रुपमा महिला सशतm हुनुपर्ने बताइन । अब सामाजिक, सास्कृतिक र आर्थिक क्षेत्रमा अधिकार स्थापित गर्न एकजुट भएर लाग्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा महिला मानवअधिकार रक्षकहरुको संजालका केन्द्रिय सदस्य इन्दिरा आचार्य, अधिकारकर्मी पार्बती बस्नेत, माया गौतम , इन्दिरा अर्याल ,मिनाक्षी न्यौपाने ,जानकी घिमिरे, मनिला न्यौपाने,देबि वाग्ले, लगायतले बोल्दै सकारात्मक बिभेदको आत्मसाथ गर्दै महिला मानव अधिकारको रक्षाका लागी जुट्न आग्रह गरेका थिए ।

साधारण सभाले अध्यक्ष थानकुमारी थापाले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष राधिका श्रेष्ठले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको आर्थिक प्रतिबेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु