‘मन चरी’ छोटो समयमा चर्चाको शिखरमा ‘भिडियो सहीत’

लोकप्रिय गायक रविन लामिछाने,चर्चित गायिका ईन्दिरा गैरे र पूर्णराज बेल्बासेको आवाजमा उत्कृष्ट गित ‘ मन चरी’ छोटो समयमा चर्चाको शिखरमा आएको छ ।
तिमी मदन म तिम्री मुना
घरी घरी नखोज छुन
मनचरी झै मनैमा बस , बन्चरी झैं बनतिर नबस ।।
जस्ता उत्कृष्ट शब्दमा माया प्रेमलाई केन्द्रविन्दुमा राखेर बनाईएको गितलाई गायक पुर्णराज बेल्वासेले लेखेका हुन् । गितको लय सुक तामांग सागरले भरेका हुन ।
दुई मुटु विचको मायालाई शब्दजालमार्फत प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने गायक रविन लामिछाने र पछिल्लो समयकी सवैको मनमा बस्न सफल गायिका ईन्दिरा गैरे अनि पुर्णराज बेल्वासेको स्वरले उत्तिकै जादु छरेको देख्न अनि सुन्न सकिन्छ ।
यस्तै, चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको गितको भिडीयोमा लोकप्रिय मोडल बिमल अधिकारी , लोमश शर्मा र अश्मिता रणपालले अभिनय तथा नृत्य गरेका छन । गितलाई दिपक विष्टले सम्पादन गरेको हुन भने दुर्गा पौडेलले छायांकन गरेका हुन । गित ईन्दिरा गैरे अफिसल युवटयुव च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो ः–