add frist

तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार मोहन चापागाईंले अग्रता कायम राखेका छन् ।

शनिबार विहान साढे ८:३० बजेसम्म २१ हजार ७३४ मतगणना गनेर सक्दा चापागाईंले ८ हजार ७१६ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी गठबन्धन दलका तर्फबाट मेयर उम्मेद्वार राम कृष्ण खाँणले ८ हजार ४७८ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा २३८ मतले पछि परेका छन् ।

यसैगरी उप प्रमुख पदमा पनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले ८ हजार ४२८ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा ४ हजार ४४ मत प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु