add frist

जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो

नवलपरासी । पश्चिम नवलपरासीको सरावलका किसानले आफ्ना जनप्रतिधिलाई बांधेर मन्दिर पु¥याएका छन्। पिरमा परेका किसानले गाँऊका अगुवालाई बाँधेर मन्दिर लैजादाँ पानि पर्छ भन्ने विश्वासमा जनप्रतिनीधिलाई बाँधेर मन्दिर लगिएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए।

पहिले पहिले समस्या पर्दा गाउका अगुवालाई बांधेर मन्दिरमा लगि पुजा गर्ने चलन थियो त्यस पछि समस्या समाधान हुन्थ्यो अहिले जनप्रतिनीधि नै गाउका अगुवा हुन त्यसैले जनप्रतिनिधीलाई बांधेर मन्दीर लगिएको हो उनले भने।

स्थानीयका अनुसार सरावल गाँऊपालिकाका किसानले गाँऊपालिकाका जनप्रतिनीधि र कर्मचारीलाई बाँधेर मन्दिर लगेका थिए। भने बाँधेर मन्दिर लगिएका गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती चमार, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली,पुर्व सांसद रामलखन हरीजन वडा नं ४ का अध्यक्ष सुरेस यादव लगायतका जना जनप्रतिनीधिले मन्दिरमा पुजा अर्चना गरेका थिए।

स्वच्छ मनले पुजा अर्चना गरे लामो समयदेखि परेको खडेरी अन्त्य गर्नका लागि भगवान खुसी भएर पानि पार्ने विश्वासमा यस्तो गरिएको स्थानीयको भनाई छ।जब असार महिनामा लामो समय पानि पर्दैन, तब स्थानियले अगुवालाई बाधेर मन्दिरमा लगेर हिलो छ्याप्ने र उनीहरुले मन्दिरमा पुजा गर्ने प्रचलन छ। अध्यक्ष चौधरीले भने।

चौधरीका अनुसार तिनदिन सम्म पुजा अर्चना गरि अन्तिम दिन गाँऊका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पुजा अर्चना गर्दा भगवान खुसी भएर पानि दिने विश्वास छ। अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा रहेको चौधरीले बताए।

२१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएको पश्चिम नवलपरासीमा रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ। मल नपाएका किसान यति वेला थप पिडामा परेका छन।असारको पहिलो साताबाटै रोपाई सुरु गरेका किसान आकासे पानिको भर पर्दा र बैकल्पिक सिचाईको व्यवस्था नहुदा रोपो सुक्न थाल्दा यस बर्ष धान उत्पादनमा कमि आउनेहोकि,लगानि पनि नउठ्नेहोकि भन्ने कुराले यतिबेला किसानहरुलाई पिरोलेको छ।

कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले प्रति हेक्टर ४१ क्विन्टल धान उत्पादन हुने गरेको र यस बर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाई भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु