add frist

ओलीले संविधानको घाँटी रेट्ने काम गरे : प्रचण्ड

बुटवल । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले संविधानको घाँटी रेट्ने काम गरेको आरोप लगाए छन् । ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने बताएका छन् ।

बुटवलमा बिहीबार प्रतिनिधिसभा विघटन विरुद्ध आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दैप्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले श्री ३ महाराज बन्नेहरुलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने चेतावनी दिए ।

जनाताको सपना माथि कुठराधात गर्ने, संविधानलाई अतिक्रमण गर्ने , लोकतन्त्रको हत्या गर्ने, कही न कही फेरी श्री ३ महाराजधिराज बन्ने सपना देखेका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला गरिएका सहमती केपी ओलीद्धारा ती सहमतीलाई तोड्ने काम भएको बताए । आफ्नै पार्टी भित्र आफैले बनाएको प्रधानमन्त्री, आफैले प्रस्ताव गरेर बनाएको अध्यक्ष सामान्ती निरंकुशताको एजेन्ट जस्तो भुमीकमा देखापरे ।

प्रचण्डले भने, यो भन्दा दुर्भाग्य कुरा के हुन सक्छ । मलाई प्रधानमन्त्री चाइएन तपाइनै खानोस् भने , अहिलेले त ५ वर्ष नपुग्दै ३ वर्षमै संसद भंग गर्ने, तानाशाही लागु गर्ने । नेपाली जनताले जनु सपना देखेका थिए, जुन कुरा हामीले निर्वाचनका बेला घोषण पत्रमा समाजदाव तर्फ लाने भनेका थियौँ । आज केपी ओलीले ती सबै जनाताको सपना माथि कुठाराधात गरेको प्रचण्डले आरोप लागाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु