add frist

एक-दुई पात रुखबाट खस्दैमा केही हुँदैन, नयाँ पात पलाउँछ : अध्यक्ष ओली

काठमाडौं, भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका नेता माधवकुमार नेपालले पार्टी छाडेर जाँदैमा केही फरक नपरेको बताउनुभएको छ ।

ललितपुरमा आयोजित युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा नेता नेपाललाई कटाक्ष गर्दै ओलीले भन्नुभयो, ‘एकदुई वटा पात खस्दैमा पीर मान्नुपर्ने अवस्था छैन। रुखबाट पात झरेर केही हुँदैन। नयाँ-नयाँ पात पलाउँछ।’

निर्वाचनमा एमालेलाई कसैले जित्न नसक्ने भएकाले जति मोर्चा बनाएर आए पनि एमालेले नै जित्ने दाबी गर्नुभयो । एमाले जनताको पार्टी भएकाले विकासको एजेण्डा नभएकाहरुलाई जिताउनुको कुनै अर्थ नभएको उहाँको भनाइ छ।

ओलीले दाबी गर्दै भन्नुभयो, ‘एमालेसँग एक्लै कसैले नचिताए हुन्छ। त्यसैले मिलेर मोर्चा बनाएर लड्ने रे ; एकसय बीस जनाको मोर्चा बनाएर एमालेसँग लड्ने र ? अरुले मोर्चा कसून्। नेकपा एमालेलाई त्यसले फरक पादैन।’

आफूलाई षड्यन्त्र गरेर हटाएको हुनाले आगामी निर्वाचनमा एमालेले त्यसको बदला लिने उहाँको जिकिर छ । ‘कुन ठाउँमा को उम्मेदवार हुने टुंगो छैन। अरूसँग प्रतिस्पर्धा गर्ने हो। जहाँ एमाले उठ्छ, त्यहाँ जित्नुपर्छ। हामीले अहिल्यैदेखि त्यो वातावरण बनाउनुपर्छ’ ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु