add frist

नेकपा एउटै रहेको निर्णय गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं। निर्वाचन आयोगले नेकपाका दुबै पक्षका दावी नमान्ने निर्णय लिने भएको छ । आयागले औपचारिक रुपमा नेकपा अझै एउटै रहेको निर्णय गर्ने तयारी गरेको छ ।

दुबै पक्षले अलग अलग ढंगले पार्टीमा गरेको फेरबदललाई आयोगले पुनः अस्वीकार गर्ने भएको हो । दलको विधानलाई आधार मानिएर सोधिएका सवालमा दुबै पक्षले दिएको जबाफप्रति आयोग सन्तुष्ट हुन सकेको छैन ।

प्रधानमन्त्री केपी ओलीलाई नेकपा अध्यक्षबाट हटाइएको, माधव नेपाललाई अध्यक्ष बनाइएको, प्रचण्डको कार्यकारी अधिकार खोसिएको, विधान संशोधन, केन्द्रीय समिति विस्तारलगायतका निर्णयहरु विधानसम्मत नरहेको निष्कर्ष आयोगको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु