add frist

नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि रुपन्देहीमा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समिक्षा कार्यक्रम पुस ११ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सीले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गरेकी थीइन । जसमा बलात्कारका ६० बलात्कार प्रयास १४, यौन दुर्व्यवहारका १२, मानव बेचबिखन तथा ओसार पसारका दुई, बहु बिवाह पाँच, बाल विवाह एक , पारिवारीक हत्या आठ , आत्महत्या दुरुत्साहन दुई , गर्भपतन एक,अपहरण तथा शरिर बन्धक एक र घरेलु हिंसाका ५ सय ५५ ओटा गरी ६ सय ५५ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गरेकी थीइन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले इन्सेकको प्रतिवेदन र कार्यप्रति प्रशंसा गर्दै मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि आफुहरु संवेदनशिल भएर लागेको र कहिलेकाही एक जनाको अधिकारको पक्षमा बोल्दा धेरै जनाको अधिकार हनन हुनसक्ने अवस्था काम गर्दा गर्दे सानातिना समस्याहरु आउने गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नु आफुहरुको बाध्यता भएकोले कारागारको स्तान्तरण गर्ने गरी ओमसतिया गाउँपालिकासँग समन्य तथा प्रक्रिया अगाडी बढेको भन्दै छिटो भन्दा छिटो कागागारलाई स्तान्तरण गरी सुधारगृहका रुपमा विकास गर्नुपर्ने बताए । “बालसुधार गृहको अहिलेको अवस्था सुधार गृह भन्दा पनि यातना गृहको जस्तो भएकोले यसलाई नीतिगत रुपमै सुधार गरेर अगाडी बढनुपर्ने बताए ।” उनले बालसुधार गृह स्थानीय प्रशासन अन्तरर्गत नभएकोले प्रशासनिक हिसाबले केही गर्न नसकिने बताए ।

उनले शिक्षा स्वास्थ्य जस्ता नागरिकको अत्यआवश्यक सवालमा धेरै कमि कमजोरहरु भएको भन्दै नागरिकको अधिकारलाई संरक्षण गर्ने गरी कार्य गर्न निर्देशन दिए । नागरिकहरुले स्थानीय सरकारले मृत्यु दर्ता नगरिदिएको भन्दै उजुरी आएको भन्दै यस्ता नागरिकका आधारभूत अधिकारका विषयमा स्थानीय सरकारलाई घचघचाउन र वाचडगको रुपमा प्रस्तुत हुन इन्सेकलाई आग्रह गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी वल सीमा सुरक्षाका एसपी गगन श्रेष्ठले पहिलाको र अहिलेको प्रहरी धेरै फरक भएको बताउदै किसानहरुलाई मलखाद ल्याउने क्रममा धरपकड गरेको होइन उनीहरुको मर्कालाई बुझेर सहजीकरण गरेको बताए ।

जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका शाखा अधिकृतधनिश्वर पन्थीले बालमैत्री शिक्षाका लागि आफुहरु प्रतिवद्ध भएकोले राज्यले गरेको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आफुहरुले स्थानीय तहलाई सहजीकरण गर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख दिपक ठाकुरले इन्सेकले गरेको अभिलेखमा सबै कुरा समेटिएकोले त्यसको निरन्तरता र किसानका सवालहरुलाई पनि अभिलेख गर्न सुझाव दिए ।

जिल्ला बारएशोशिएसन रुपन्देहीका अध्यक्ष शिवहरी अधिकारीले पछिल्लो समयमा जवरजस्ती करणीका मुद्दाहरु बढेको र यो बढनुको कारण जनचेतनाको कमी भएका कारणले र बालबालिकाको समय १८ वर्ष राख्दाखेरी पनि यस्तो समस्या आएको बताए ।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव हितराज पन्थीले इन्सेकले मानवअधिकारको क्षेत्रमा पुरयाएको योगदान र मानवअधिकार उल्लंघनका घटनाहरुको अभिलेखिकरण गरेकोमा धन्यवाद दिंदै आगागी दिनमा मानवअधिकार उल्लंघनका कारण खोतल्न र राज्यका तिनवटै अंगहरुको कार्यको पनि अनुगमन गरेर प्रतितिवेदनमा राख्न र न्यायको विषयमा प्रतिवेदनमा राख्न सुझाव दिए ।

पन्थीले जिल्लामा मसाज सेन्टरको नाममा विभिन्न खालका वेथितीहरु बढेकाले यस्ता वेथितीका विषयमा अनुगमन गर्न र राज्यलाई जवाफदेही बनाउन आग्रह गरे ।

बरिष्ठ पत्रकार माधव ढुंगानाले स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा सेवाको भावना भन्दा पनि व्यापारिकरणको भएको भन्दै यस्ता मान्छेको जीवनसँग जोडिएका विषयमा व्यापारीकरण हुनु दुखद भएकोले यस्ता विषयमा पनि इन्सेकले अनुगमन तथा अभिलेख राख्न र यस्ता सवाललाई फोकस गर्न सुझाव दिए ।

अधिवक्ता नसिंङ चौधरीले मानव अधिकार उल्लंघनका घटनाहरू सत्यतथ्यको आधारमा हरेक वर्ष इन्सेकले वर्ष पुस्तकका रुपमा सरकारले गर्न नसकेको काम गर्दे आएकाले राज्य पक्ष र गैरराज्य पक्षबाट हुने घटनालाई खबरदारी गर्दै आउनु आम नागरिहरूका लागि दस्तावेज रुपमा अनुभइरहेको बताए ।

कार्यक्रममा उपभोक्त हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुद्र जिसीले नागरिकहरु अहिले पनि स्वस्थ्य र गुणस्तर खाद्य वस्तु खान नपाएको भन्दै स्थानीय तहरु विशेष गरेर गाउँपालिकामा अनुगमनमा पनि खासै ध्यान नदिइएकोले यस विषयमा सचेत गराउन इन्सेकलाई आग्रह गरे । अध्यक्ष जिसीले मसाज सेन्टरमा एउटा कामको लागि लैजाने अर्को काम गर्न बाध्य पार्ने जस्ता घटनाहरु जिल्लामा भैरहेकोले सो विषयमा अनुगमन गर्ने र नियमन गर्ने कुरामा पनि ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरे ।

माइती नेपालका प्रमुख माया क्षेत्रीले देशभरका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू समेटेर प्रकाशन हुने वर्ष पुस्तक र इन्सेकको अभियानले मानवअधिकार संरक्षणमा ठूलो योगदान तथा सकारात्मक प्रभाव पारेको बताउदै खाद्यवस्तुको गुणस्तरताका विषयमा पनि ध्यान दिनका लागि अनुगमन र खबरदारी गर्न इन्सेकलाई आग्रह गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रका ३२ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु