test3

गृहपृष्ठ ‘कमेडी च्याम्पियन’ बने हिमेश पन्त 

‘कमेडी च्याम्पियन’ बने हिमेश पन्त 

काठमाडौं, चैत । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्।

शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।

फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए।उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।

विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु