test3

गृहपृष्ठ घरबहाल महासंघको महाधिबेशन लुम्बिनीमा

घरबहाल महासंघको महाधिबेशन लुम्बिनीमा

बुटवल, फागुन । नेपाल घरबहाल सरोकार महासंघको चौथो बार्षिक साधारण सभा तथा दोश्रो महाधिबेशन यहि फागुन १६ र १७ गते लुम्बिनीमा हुने भएको छ । मुलुकभरका बिभिन्न २६ जिल्लाका करिब २ सय जना प्रतिनिधी तथा पर्यबेक्षकहरुको सहभागिता रहने सो महाधिबेशनले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

आज बिहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले सो कुरा जानकारी गराएको हो । लुम्बिनी भ्रमण बर्ष २०७६ र नेपाल भ्रमण बर्षको अवसर पारेर सातै प्रदेशका प्रतिनिधी तथा पर्यबेक्षकहरुको सहभागितामा लुम्बिनीमा महाधिबेशनको आयोजना गरिएको महासंघका अध्यक्ष शंकर कोईरालाले बताउनु भएको छ । अन्तराष्ट्रिय घरबहाल महासंघको सदस्य समेत रहेको नेपाल घरबहाल सरोकार महासंघको महाधिबेशनले बहाल क्षेत्रका समस्या समाधान गर्न निति, कार्यक्रम र योजना बनाउने अध्यक्ष कोईरालाले बताउनु भयो ।

बहाल अधिकार सहित सुरक्षित, सुन्दर र समृद्ध शहर निर्माण योगदानका लागि हाम्रो संस्थागत अभियान, बहाल तथा ब्यबसायिक क्षेत्रको एकता र सद्भाव बिकासका लागि दोश्रो अधिबेशन भन्ने मुल नारा सहित महाधिबेशन आयोजना गरिएको अध्यक्ष कोईरालाले जानकारी गराउनु भयो । सिद्धान्ततः जग्गा वा घर तथा भवनमा भाडामा लिएर उद्योग ब्यबसाय संचालन गर्ने बस्ने बहालवालाहरुले नै शहरको बिकासमा मुख्य योगदान गर्ने भनिए पनि सरकार र सामाजिक क्षेत्रबाट यसको महत्व बुझ्ने प्रयास नहुदा बहामा बस्नेहरु माथि दोश्रो दर्जाको नागरिक सरह ब्यबहार हुने गरेको उहाँले बताउनु भयो ।

आफुहरुको लामो प्रयास पश्चात राज्यका तर्फबाट घरबहाल सम्बन्धी केही कानुनहरु बनेको भएपनि बहालमा बस्नेहरुको हकहित संरक्षण र बिकासका दृष्टिले अझै अपुग रहेकोले महासंघले आफ्नो अभियान जारी राखेको अध्यक्ष कोईरालाले बताउनु भयो । सो अवसरमा महासंघका सल्लाहकार हरिश ढकालले बहालमा बस्नेहरुका पक्षमा बोल्ने कानुन नबन्दा बहालवाला संधै असुरक्षित अवस्थामा रहने गरेको भन्दै राज्यको ध्यान नपुग्दा बहाल क्षेत्रबाट राजश्वको ठुलो हिस्सा गुमेको चर्चा गर्नु भयो । घर बहाल संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेल, उपाध्यक्ष राजु लिगल लगाएतले समग्र देशको आर्थिक बिकासमा महत्वपुर्ण टेवा पुराउने बहाल क्षेत्रका समस्या समाधान गर्न राज्यको ध्यान नपुगेको गुनासो गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु