test3

गृहपृष्ठ नागरिक संवाद केन्द्रमा अन्तरक्रिया कार्यक्रम

नागरिक संवाद केन्द्रमा अन्तरक्रिया कार्यक्रम

बुटवल, असोज । नागरिक संवाद केन्द्र बुटवलको आयोजानमा संघिय संसदले भदौ महिनाभरीे गरेको बिधेयक प्रक्रियाको विषयमा छलफल सम्पन्न गरेको छ । कार्यक्रममा भदौ महिनामा संघीय सरकारले दर्ता गरेका विधेय, निर्माण गरेका ऐन तथा कानूनका साथै प्रदेश सरकारले निर्माण दर्ता गरेको विधेयक, निर्माण गरेका ऐन तथा कानूनको विषयमा छलफल गरिएको हो । नेपाल कानुन समाज द्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवल प्रदेश–५ ले आयोजना गरेको छलफल कार्यक्रममा प्रदेश सभा सदस्य दिपा विश्वकर्मा र थान कुमारी थापाले प्रदेश सरकारले गरेका काम कारवाहीको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपाने,नेपाल बार एशोसियसनका बरिष्ठ अधिवक्ता बाबुराम पाण्डे,नेपाल कानुन समाजका कमल प्रसाद मलेगो,निलहिरा समाज रूपन्देहीका अध्यक्ष आनिक राना, रूपन्देही व्यापार संघका लक्ष्मण ज्ञवाली लगायतले विभिन्न सुझाव दिएका थिए । संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवाला संग छलफल गरि कानुन निर्माणमा सहयोग पुर्याउने नागरिक संबाद केन्द्र प्रदेश ५ बुटवलका प्रमुख हेमा न्यौपानेले बताइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु