add frist

गृहपृष्ठ पत्रकार नन्दराम पौडेल सडक दुर्घटनामा परी मृत्यु

पत्रकार नन्दराम पौडेल सडक दुर्घटनामा परी मृत्यु

बुटवल चैत । कपिलबस्तुका पत्रकार नन्दराम पौडेलको सडक दुर्घटनामा परी ज्यान गएको छ ।
पौडेल सवार मोटरसाईकललाई कपिलबस्तुको चप्पर गाउमा ट्रकले ठक्कर दिदा उनको निधन भएको कपिलबस्तु प्रहरीले जनाएको छ ।
ईन्सेक प्रतिनिधी समेत रहेका पौडेल कार्यालयको काम सकेर आफ्नो निवास बुद्धभुमी जाने क्रममा ना ४ ख ६२१७ नम्वरको ट्रकले नम्वरको उनी सवार लु ५९ प ६४४१ मोटरसाईकल लाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भिर घाईते पौडेलको उपचारका लागि कपिलबस्तु सामुदायिक अस्पताल पठाईएकोमा बाटोमै निधन भएको बताईएको छ । दुर्घटनामा सम्लग्न ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
करीव २० बर्षदेखि पत्रकारीतामा सम्लग्न पौडेलका २ छोरा एक छोरी र एक श्रीमती रहेका छन ।
पौडेलको भोली बिहान लक्ष्मणघाट स्थीत बाणगंगा नदि किनारमा अन्तेष्टि गरीने पारिवारीक श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु