test3

गृहपृष्ठ पुडासैनी आत्महत्या प्रकरण : सकियो रवि लामिछानेको बयान, थुनछेक बहस सुरु

पुडासैनी आत्महत्या प्रकरण : सकियो रवि लामिछानेको बयान, थुनछेक बहस सुरु

भदौ, चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो । यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो । ‘बिहान साढे १० बजे उहाँहरुलाई अदालत उपस्थित गराइएको थियो’, जिल्ला अदालत, चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले अनलाइनखबरसँग भने, ‘अहिले पौने १ बजे बयान सकिएको छ ।’ बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको उनले बताए । उनका अनुसार, जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो ।वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश जारी गर्नेछ । तर, बहस नसकिएको हकमा पुनः सबैलाई जिल्ला प्रहरी कार्यालय, चितवनकै हिरासतमा राखिनेछ भने मंगलबार बिहान पुनः उपस्थित गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु