add frist

गृहपृष्ठ शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

बुटवल । बुटवल ९ मा रहेको गरिमा बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको सहकारीले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका ९ का अध्यक्ष एवं सहकारीका संरथक तथा निर्वतमान अध्यक्ष बिष्णु बहादुर थापाले शेयर सदस्य मात्रै बनेर बस्ने परम्परा हाटाउनको लागि यस्ता किसिमका तालिमहरु प्रभावकारी हुने बताए । उनले सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेबार हुनको लागि प्रेरणा पुग्ने विश्वास ब्यक्त गरेका थिए ।

उनले सहकारीको विकासका लागि आवश्यक छलफल तथा सहयोग गर्न बडा नम्बर ९ र समग्र बुटवल उपमहानगरपालिका नै तयार रहेको बताए ।
तालिमको उद्घाटन शत्र सहकारीका अध्यक्ष कृष्ण प्रसाद देबकोटाको अध्यक्षता तथा सहकारीको शिक्षा उपसमिति सदस्य यमकुमारी थापाको स्वागत र समितिका सदस्य बासुदेब पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

शहकारी सम्बन्धी जानकार एव पल्लवि सहकारी संस्था देबदहका व्यवस्थापक केशब आचार्यले प्रशिक्षण दिएका थिए । आचार्यले सहकारीको अर्थ, शेयर सदस्यका काम, कर्तब्य र अधिकार, सहकारीको इतिहास, भविष्य,तथा पाईरहेका सेवा सुबिधाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

०६७ सालमा स्थापना भएको सहकारीका ७५ जनाको सहभागितामा तालिम प्रदान गरिएको सहकारीका सचिव पुरुसोत्तम आचार्यले जानकारी दिए । सहकारीमा ९ सय ३५ शेयर सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु