add frist

गृहपृष्ठ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पौडेललाई

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पौडेललाई

बुटवल,माघ । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार–२०७६ बाट पत्रकार लक्ष्मण पौडेल सम्मानित भएका छन् । अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार नारायण प्रसाद सापकोटाद्वारा स्थापना गरिएको उक्त पुरस्कार पौडेललाई प्रदान गरिएको हो । पौडेल गोरखापत्र दैनिक र बुटवल टुडे दैनिकका संवाददाता हुन् । उनी तिलोत्तमा मिडिया क्लबका अध्यक्ष समेत हुन् ।

पत्रकारिताको माध्यमबाट वातावरणको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै उनलाई बुधबार नगदसहित सम्मान गरिएको हो ।
पौडेललाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, सचिव रामप्रसाद दाहाल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी. र सल्लाहकार नारायण प्रसाद सापकोटाले पुरस्कार प्रदान गरे । नेपाल पत्रकार महासंघको सहकार्यमा हरेक वर्ष वितरण हुने उक्त पुरस्कारको रकम २५ हजार रुपैयाँ रहेको छ ।

प्रत्येक वर्ष विश्व वातावरण दिवस जुन ५ तारिखमा पुरस्कार वितरण गरिदैं आए पनि कोभिड–१९ को संक्रमणका कारण यसपटक वाषिक साधारणसभामा प्रदान गरिएको पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यले बताए ।

कार्यक्रममा बोल्दै अग्रज पत्रकार नारायण प्रसाद सापकोटाले राजनीति भन्दा वातावरण र विकासको मुद्दालाई उठाउनुपर्ने बताए ।
पत्रकार लक्ष्मण पौडेलले पुरस्कारले आफुलाई वातावरणको क्षेत्रमा कलम चलाउन थप उर्जा मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु