add frist

गृहपृष्ठ बुटवल अटो इञ्जिनियरिङको अध्यक्षमा न्यौपाने विजयी

बुटवल अटो इञ्जिनियरिङको अध्यक्षमा न्यौपाने विजयी

बुटवल। बुटवल अटो इन्जिनियरिङ एशोसिएशनको अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन्। तीन प्यानलबीच भएको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र निकट व्यवसायीहरुको प्यानल विजयी भएको हो।

निर्वाचनमा कांग्रेस, नेकपा एमाले र समाजवादी र माओवादी निकट व्यवसायीहरुको तीन प्यानल चुनावी मैदानमा उत्रेको थियो। मंगलबार सम्पन्न भएको निर्वाचनमा विजयी न्यौपानेले २ सय १२ मत ल्याएका थिए। त्यस्तै प्रतिस्पर्धी एमाले निकटका व्यवसायी चन्द्रमणि भण्डारीले १ सय २२ र कांग्रेस निकटका प्रेम गौचनले १ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृत शालिकराम बन्जाडेले जानकारी दिए।

उद्योग उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र वाणिज्य उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ विजयी भएका छन्। महासचिवमा ध्रुवराज भुसाल, कोषाध्यक्षमा चिन्तामणि खनाल र सचिवमा पूजा गैरे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। त्यसैगरि सदस्यहरुमा देवीकला पौडेल, राजेशकुमार जोशी, पोषराज अर्याल, सुशील पाण्डे, शिशुमाया अर्या, युवराज ढकाल, शिवप्रसाद बजगाई र भरत साहानी विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु