add frist

गृहपृष्ठ रुपन्देहीमा सवारी साधन सञ्चालन जोरबिजोर

रुपन्देहीमा सवारी साधन सञ्चालन जोरबिजोर

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषधाज्ञालाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनको लागि जोरबिजोर प्रणाली लागु गरेको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा हप्तैपिच्छे खुकुलो बनाउँदै आएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भोली मंगलबारदेखि लागु हुनेगरी यहि असारको २१ गतेसम्म निषेधाज्ञा यथावत राख्दै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागु गरेको हो ।
प्रशासनले अंघिल्लो हप्ता मात्रै निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको थियो । प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले निषेधाज्ञालाई यथावत राख्दै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनको लागि जोर बिजोर प्रणाली लागु गरेको हो ।
प्रशासनको यो निर्णयले यातायात व्यबसायीलाई केही राहत भएपनि जिल्लाको यो निर्णयको खासै औचित्य नभएको व्यबसायीहरु बताउँछन् । प्रशासनले असार १५ गते बिहान ६ बजेदेखि लागु हुनेगरी सार्वजनिक सवारी साधानमा सिट क्षमताको आधा मात्रै यात्रु राखेर जिल्ला भित्र मात्रै चल्न पाउनेगरी जोर बिजोर प्रणाली लागु गरेको हो । त्यस्तै चालक र सहचालकले अनिवार्य रुपमा मास्क र भाईजरको प्रयोग गर्नुपर्नेछ भने सवारी साधनलाई अनिवार्य रुपमा निर्मलिकरण गर्नुपर्नेछ ।
तर भेला तथा भिडभाड हुने कार्यक्रम, जात्रा, सभा, जुलुस गर्न पाईने छैन । पाटी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम गोष्ठि, सैलुन, व्युटीपार्लर, मनारञ्जन स्थल, स्वीमिङपुल, स्पा, संग्राहलय, समुहमा खेलिने खेल, जिमखाना लगायत सञ्चालनमा पनि रोक लगाईएको छ । भौतिक रुपमा उपस्थित हुनेगरी शैक्षिक संस्था पनि सञ्चालन गर्न पाईने छैन ।
आर्थिक गतिबिधि चलायमान गराउन स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि माछा मासु, तरकारी फलफूल तथा दुधजन्य पसल बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाईने छ । त्यस्तै अन्य व्यबसाय बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म खोल्न पाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु