add frist

गृहपृष्ठ यस वर्षको ‘डिभी महिलाशक्ति सम्मान’ चार जनालाई

यस वर्षको ‘डिभी महिलाशक्ति सम्मान’ चार जनालाई

बुटवल । शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको डिभी एजुकेशन नेटवर्कले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उपलब्ध गराउँदै आएको ‘डिभी महिलाशक्ति सम्मान’ यस वर्ष कोभिड–१९ को महामारीको समयमा विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने चार जना महिलालाई सम्मान गर्ने निर्णय गरेको छ।

सम्मानित हुनेहरुमा सिनियर कन्सल्ट्याण्ट डा.रक्षा पाण्डेय, कान्तिपुरकी पत्रकार सञ्जु पौडेल ,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी नर्सिङ सुपरभाइजर बेली पौड्याल र हाम्रो टिम नेपालकी कार्यकारी सदस्य कविता पौडेल छन् ।

संस्थाका अध्यक्ष विश्वनाथ प्रसाद शाहले महिला अधिकार र शसक्तिकरणलाई साझा मुद्धाको रुपमा हेर्नुपर्ने भन्दै सामाजिक रुपमा योगदान पुराएर र समाज परिवर्तनमा भूमिका खेल्दै गरेका महिलाहरुलाई प्रेरणा र सम्मान स्वरुप सम्मानको कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

डिभी एजुकेशनले गत वर्ष देखि यो सम्मानको कार्यक्रम ल्याएको हो। गत वर्ष संस्थाले सामाजिक रुपमा योगदान पुराएका पाँचजना महिलालाई सम्मान गर्ने निर्णय गरेको थियो ।

संस्थाले कोभिड–१९ को महामारीको कारण गत वर्ष पनि सम्मान कार्यक्रम स्थगित गरिएकोले गत वर्ष र यस वर्षको सम्मान एकै साथ विशेष कार्यक्रमको आयोजना गरेर सम्मानगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु