add frist

कृषि उपज केन्द्र बुटवलका सबैको कोरोना परिक्षण नतिजा नेगेटीभ

बुटवल, जेठ । बुटवल कृषि उपज थोक बजार केन्द्रमा व्यवसाय गर्दै आएका सबै व्यवसायीहरु, कामदार, सञ्चालक समिति सदस्य लगायत सबैको कोरोना परिक्षण गरिएको छ । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समिति, बुटवल कृषि उपज थोक बजार सञ्चालक समिति र बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को संयुक्त पहलमा कोरोना परिक्षण गरिएको छ । एन्टीजीन विधिबाट गरिएको कोरोना परिक्षण २ सय ६ जना सबैको नतिजा नेगेटिभ आएको लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिका महासचिव मेघनाथ पौडेलले जानकारी दिए । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिका अध्यक्ष बाबुराम भुषाल, संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष गोपाल भुषाल, बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगशि चन्द्र आचार्यको विशेष लगायतको विशेष सक्रियतामा कोरोना परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु