add frist

पत्रकार महासंघ युरोप शाखाको अधिवेशन ,नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुनेछ:सञ्चारमन्त्री गुरुङ

फागुन।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उद्घाटन गरेका नेपाल पत्रकार महासंघ यूरोपको चौथो अधिवेशन फागुन ८ गते भव्य रुपमा सम्पन्न भएको छ।

शनिवार भर्चुअल प्रविधिमार्फत् भएको अधिवेशनले सात बुँदे घोषणपत्र जारी गरेको छ। सबै बैदेशिक शाखाहरूलाई नेपालको शाखा सरहको मान्याता दिइनुपर्ने र सम्पूर्ण साधारण सदस्यहरूलाई घोषणा–पत्रमा नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाइन भोटिङ्गको माग गरिएको छ ।

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुरा कल्पना पनि नगरौ : सञ्चारमन्त्री गुरुङ

नेपाल पत्रकार महासंघ यूरोप शाखाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध रहेको भन्दै सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन आफू लागिपरेको बताए ।

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रका लागि आन्दोलन गर्ने दिन अब गएको भन्दै उनले अहिलेको सरकारले प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्ने कुरा सोच्न पनि नसक्ने बताए । ‘नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुनेछ ।

प्रवासमा बसेका आम नेपालीहरुले आफनो मातृभूमिको माया गरिदिनुहोस् तथा हाम्रा गल्तीहरूलाई आलोचना पनि गरिदिनुहोस् । यूरोप शाखामा रहेका पत्रकारहरुले खेलेको भूमिका अत्यन्त सराहनीय रहेको छ ।’

त्यत्तै, उनले नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने अवस्था नभएकाले तत्काल समस्या देखिए पनि राजनीतिक दलहरु आपसी छलफल गरी निचोडमा छिट्टै पुग्ने विश्वास व्यक्त गरे । उनले सरकार र पत्रकारबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै महासङ्घको नयाँ नेतृत्वसँग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

जूम प्रविधिमार्फत भएको उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली राजदूतावास बेनेलक्स र यूरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारी,जर्मनीका नेपाली राजदूत रामकाजि खड्का, डेनमार्कका राजदूत युवनाथ लम्साल, फ्रान्सका राजदूत दीपक अधिकारी, पत्रकार महासघं केन्द्रीय उपाध्यक्ष दिलिप थापामगर, सचिव लक्ष्मी पुन, केन्द्रीय सदस्यहरू राजेश चाम्लिङ, सृजना अर्याल, फोनिज केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, एनआरएनए केन्द्रीय उपाध्यक्ष डा। बद्री केसी, महासचिव डा। हेमराज शर्मा, यूरोपभरका एनआरएन अध्यक्षको एनआरएन बेलायत अध्यक्ष पूनम गुरुङ, लगायत यूरोपमा क्रियाशील सामाजिक संघसंस्थाका अगुवाहरुले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

यूरोपभरका बैदेशिक शाखा अध्यक्षहरू लक्ष्मण खनाल यूएई, मोहन घले जापान, रंजनराज कुबर दक्षिण कोरिया, नरेश खपांगी बेलायत, हरिकृष्ण न्यौपाने कुबेत, गैर आबासीय नेपाली संघ, जनसम्पर्क समिति, प्रबासी मञ्चलगायतका एकसय बढी संघ सस्था अध्यक्ष प्रतिनिधि उपस्थित महासंघको चौथौ अधिवेशनमा भब्य कार्यक्रम रहेको थियो ।

पत्रकार महासंघ यूरोप शाखाकी सदस्य सरला कट्टेल नर्वेले स्वागत गरेको थिए । कार्यक्रमको सन्चालन कार्यवाहक महासचिव दोर्ण रिजाल र सचिव महेश खातीले गरेका थिए ।

अधिवेशनको बन्द सत्रले महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापा मगरको अध्यक्षता, केन्द्रीय प्रतिनिधि चिरन शर्मा र पर्यवेक्षक नरेश खपांगीको उपस्थितिमा यूरोप शाखाको सांगठानिक, आर्थिक प्रतिवेदन पास गरेको छ । पत्रकार महासंघको नयाँ व्यवस्था अनुसार ३० दिनपछि नयाँ नेतृत्व चयन गरिनेछ ।

यूरोप शाखाको निर्बाचनको निम्ति केन्द्रीय उपाध्यक्ष दिलिप थापा, नरेश खपांगी पर्यबेक्षक रहेको संयोजक–राजेश चाम्लिंङ केन्द्रीय सदस्य नेपाल पत्रकार महासंघ सदस्य डा।उदयदेब आचार्य मानार्थ पर्यटनदुत पोल्याण्ड, नेपाल पत्रकार महासंघ पूर्ब केन्द्रीय सदस्य राज कुमार दिक्पाल रहेको निर्बाचन समिति समेत बनाएको छ ।

यस्तो घोषणापत्रको पूर्णपाठ

नेपाल पत्रकार महासंघ यूरोप शाखा
चौथो अधिवेशन
२० फेब्रुअरी २०२१
नेपाल पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशन आज फेब्रुअरी २० तारिख शनिवारका दिन भब्य रुपमा सम्पन्न भयो ।
नेपाल पत्रकार महासंघ युरोप शाखाको भर्चुअल रुपमा भएको चौथो अधिवेशन सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं ।
ब्यस्त समयका बावजूद हाम्रो निम्तोलाई स्वीकार गरी अधिवेशनको उद्घाटन गर्दै सारगर्भित मन्तब्य राख्नु हुने प्रमुख अतिथि माननीय सूचना सन्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङप्रति हार्दिक आभार प्रकट गर्दछौ । अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भएर शुभकामना मन्तब्य राख्नु हुने युरोपका विभिन्न देशका महामहिम राजदूतज्यूहरु, नेपाल पत्रकार महासंघ केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरु, गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति तथा विभिन्न राष्ट्रिय समन्वय समितिका प्रतिनिधिज्यूहरु, विभिन्न देशमा क्रियाशील विभिन्न सामाजिक तथा राजनैतिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका वैदेशिक शाखाका अध्यक्षहरुलगायत सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।
नेपाल पत्रकार महासंघ केन्द्रले तोकेअनुसार अहोरात्र खटेर अधिवेशन सम्पन्न गराउन खट्ने केन्द्रीय प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्मालाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं । प्राविधिक तथा ब्यवस्थापकीय रुपमा अधिवेशन सफल पार्न विभिन्न जिम्मेवारी लिएर खट्ने कार्यसमितिका पदाधिकारीहरु तथा सदस्य पत्रकार साथीहरु र अन्य सबैलाई पनि धन्यबाद दिन चाहन्छौँ ।
अधिवेशनबाट सर्वसम्मतरुपमा निम्न बुँदाहरु पारित भएकाले त्यसलाई घोषणापत्रको रुपमा सार्वजनिक गर्दछौ ।
१.युरोपमा रहेका नेपाली राजदूताबासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवाशीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ ।
२. युरोपमा क्रियाशील रहेका श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षाका लागी अक्षयकोष संचालनमा ल्याउने यो अधिवेसन घोषणा गर्दछ । सो कोषबाट श्रमजीवी पत्रकारहरुलाई भैपरी आउन सक्ने आकस्मिक दुर्घटना, जटिल स्वास्थ्य समस्या लगायतका विषयमा आर्थिक राहत उपलब्ध गराइनेछ ।
३. प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र आगामी केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सबै साधारण सदस्यहरुलाई मतदान गर्न पाउने ब्यवस्था गर्न यो अधिवेसन केन्द्रसित जोडदार माग गर्दछ । प्रवासमा रहेका पत्रकारहरुलाई अनलाईन भोटिङ्गको विशेष व्यवस्था पनि हामी माग गर्दछौँ ।
४. युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने यो अधिवेसन प्रतिवद्धता व्यक्त गर्दछ ।
५. श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेसन सम्बन्धित निकाय र व्यक्तिहरुमा खÞबरदारी गर्दछ । साथै श्रमजीवी पत्रकारहरुबाट प्राप्त हुन आउने उजुरी र गुनासाहरुलाई व्यवस्थित रुपमा सम्बोधनका लागि युरोप स्तरीय “गुनासो डेस्क” स्थापना गर्ने यस अधिवेसन घोषणा गर्दछ ।
६. कोभिड–१९ महामारीबाट प्रभावित सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ ।
७. प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु