छोरीहरु आफन्तबाटै असुरक्षित
- सत्यदीप सन्देश
- 31 Jan, 2024
<
रीमा बि.सी.
बुटवल,१७,माघ । बलात्कारका घटना अपरिचितबाट भन्दा चिनेजानेकै वा आफन्तबाट बढी हुने गरेकाले अनुसन्धान गर्न कठीन हुने गरेको प्रहरी अधिकारीहरुले बताउँछन् । पछिल्ला केही वर्षका घटनाक्रमले पीडितहरु लगभग १० देखि १७ वर्षबीचका बालिकाहरु धेरै रहेको पाइएको छ । त्यसभित्र कहिलेकाहीँ २४ महिनादेखिका बालिका पनि बलात्कारका घटनाबाट पीडित हुने गरेका छन् ।
कञ्चन गाउँपालिकाकी १० बर्षिया बालिका (नाम परिवर्तन) सीमा कुमारीलाई आफ्नै बाबुले भदौं १८ गते बलात्कार गरे । बलात्कारबाट छटपट्एिकी बालिकाले डराउँदै र रुदै आफ्नी हजुरआमालाई भनेपछि घटना बाहिर आयो हजुरआमाको सहयोगमा आरोपित विरुद्ध भदौं २३ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा जवर जस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिइन् । प्रहरीले आरोपितलाई भदौं २२ गते राती गिरफ्तार गरी कारवाही अगाडी बढाएको बताएको छ ।
सुध्द्धोधन गाउँपालिकाकी १३ बर्षीया सुधा कुमारी (नाम परिवर्तन) लाई निजका काका बाबुले असार ४ गते बलात्कार गरे । कसैलाई भने आमा र बहिनीलाई मारिदिने धम्की दिदै उनले बालिकालाई बलात्कार गरे कक्षा ५ मा अध्ययनरत बालिकाले स्कुल जान नमान्ने टोलाएर बस्ने गरेपछि आमाले सोध्द्धा घटना बाहिर आयो । आमाको सहयोगमा बालिकाले असार २२ गते इलाका प्रहरी कार्यालयमा जवरजस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिइन् ।
अहिले आरोपित काका बाबु फरार छन् । बालिका भन्छिन् कहिले राती आएर हामी सबैलाई मार्छ । स्कुल जान पनि मन लाग्दैन् । कसैलाई भने मार्छु भन्थ्यो अव हाम्लाई मार्छ होला आँखाभरी आँसु पार्दे भनिन् । बोल्नै सकिनन् ।
कञ्चन गाउँपालिकाकै १२ बर्षीया बालिका क कुमारी (नाम परिवर्तन) लाई साउन ९ गते आफ्नै बाबुले यौनदुरव्यवहार गरे । संवेदनशिल अंगमा प्रहार गरी मुख थुने दुरव्यवहार गर्न थालेपछि बालिका चिच्याइन् र भागिन । आमालाई देखेर बालिका बेस्सरी रोइन् । आमाले फकाएर सोध्नेक्रममा बालिकाले सबै घटना आमालाई सुनाईन् । आमाको सहयोगमा आरोपित विरुद्ध साउन ११ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा बालयौन दुरुपयोग सम्बन्धी कसुरमा उजुरी दर्ता गरिन् । आरोपित अहिले पुपक्र्षका लागि कारागार चलान भएका छन् ।
देवदह नपाकी १० बर्षीया बालिका (नाम परिवर्तन) रम्भादेवीलाई ३३ बर्षीया बाबुले ०७९ चैत ७ गते यौन दुरुपयोग गरे । पत्नीलाई कुटपिट गरी घरबाट लखेटे, स्कुलबाट घरआएकी छोरीलाई घरमा कोही नभएको मौका छोपीे लुगा खोलेर संवेदनशिल अंगहरुमा थुने छाम्ने र टोक्ने गरे । बालिका चिच्याएपछि छिमेकीले थाहा पाएपछि घटना बाहिर आयो ।
आमा र छिमेकीहरुको सहयोगमा आरोपित विरुद्ध बालयौनदुरुपयोग कसुरमा इलाका प्रहरी कार्यालय बुटवलमा चैत ८ गते उजुरी दर्ता भयो । अहिले बालिकाका बाबु पुपक्र्षका लागि कारागार चलान भएका छन् । अहिले पनि बालिकालाई छोरा मान्छे देख्दा झस्कन्छिन् ।
तिलोत्तमा नपा की २० बर्षीया युवती (नाम परिवर्तन) सुनितालाई ४७ बर्षीय बाबुले ०७९ पुस २० गते बलात्कार गरे । सुनिता भन्छिन् “घरको कोठामा बसेको बेला काम छ भनी कोठाभित्र पसेर चुकुल लगाएर यौन प्रस्ताव राखे मैले इन्कार गरे त्यस अपराधीले मलाई अरु केटासँग मस्केर लव गर्न मिल्ने मसँग किन नमिल्ने भनी झपार्दे जवरजस्ती गरी मेरो इज्जत लुट्या”े । मैले धेरै अनुनय विनय गरे त्यस राक्षसले मलाई छोडेन् । मुख थुनेर बलात्कार गरेर कसैलाई भनिस भने तेरो भाइ र आमालाई सिध्याइदिन्छु भनी धम्की दियो । चुकुल खोल्न धेरै प्रयास गरे तर मैले हारे दिदी आँखाबाट आँसुका धारा खसाउँदै भनिन् । आफ्नै बाबुबाट बलात्कारित भएकी मलाई अब कसले विवाह गर्छ ? ममाथि यस्तो अपराध गर्नेलाई कडा सजाय हुनु परयो । हुक्क हुक्क गर्दे कस्ता मान्छेको कोखबाट जन्मिएछु ।
पुलिससित बन्दुक माग्दिनुस दिदी त्यस अवराधीलाई गोली हान्छु । भन्दै भक्कानिइन बोल्नै सकिनन् ।
माथि उल्लेखित घटनाहरु त प्रतिनिधि मुलक घटनाहरु हुन यस्ता थुप्ै पीडितहरु छन जसले आफ्नै आफन्त र नजिकका मान्छेबाट यौनजन्य हिंसा भोगिरहन परेको छ ।
प्रदेश प्रहरीको तथ्यांक अनुसार आव.०७६/०७७ मा ४ सय ४३ जना, ०७७/०७८ मा ५ सय ६९ जना, ०७८/०७९ मा ५ सय १४ जना, ०७९/०८० ४ सय ४७ जना र ०८०/०८१ मा ९१ जना पीडित भएको तथ्यांक छ ।
तथ्यांक अनुसार आ.व. ०७६/०७७ मा रुपन्देहीमा सबैभन्दा धेरै ६३ जना र सबैभन्दा कम रुकुम पूर्वमा ५ जना पीडित भए, त्यस्तै आ.व. ०७७/०७८ मा रुपन्देही र दाङ्गमा सबैभनदा बढी ८० जनार सबैभन्दा कम रुकुम पूर्वमा ४ जना पीडित भए । त्यस्तै ०७८/०७९ सबैभन्दा बढी पीडित दाङ्ग जिल्लामा ८३ जना र सबैभन्दा कम अर्भाखाँची र रुकुम पूर्वमा ४, ४ जना पीडि भएको तथ्यांक छ ।
त्यस्तै ०७९/०८० मा सबैभन्दा बढी दाङ्ग ८५ जना र सबैभन्दा कम अर्घाखाँची ६ जना, त्यस्तै ०८० /०८१ मा दाङ्ग र रुपन्देहीमा २१ जना पीडित भएको लुम्बिनी प्रदेश प्रहरीको तथ्यांक रहेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशको विगत पाँच वर्षको तथ्यांकलाई विश्लेषण गरेर हेर्दा बालिकाविरुद्ध हुने यौनजन्य हिंसाको तथ्यांकन विगतको तुलना डरलाग्दो देखिन्छ । आ.व. २०१८ मा १ सय ५८ ओटा घटना घटेकोमा २०१९ मा २ सय ४८ जना, २०२० मा २ सय ८३ जना, २०२१ मा २ सय ८० जना, २०२२ मा २ सय ९५ जना र २०२३ मा २ सय ४२ जना पीडित भएको देखिन्छ ।
राष्ट्रिय मानवअधिकार आयोग नेपालगंज कार्यालयका प्रमुख द्धारिका अधिकारीले घरभित्र हुने यौन हिंसा विरुद्ध पीडितले लडन र न्यायमा पहुँच पुरयाउन सक्ने वातावरण राज्यले ग्यारेण्टी गर्नुपर्ने बताउनुहुन्छ । अधिकारी भन्नुहुन्छ घरभित्र परिवारका सदस्यहरुबाटै हुने यौन हिंसाका विषयमा विभिन्न सामाजिक मुल्य मान्यताका कारण भन्न नसक्ने र भन्दा असुरक्षित भइने भएकोले त्यही घरमा बस्ने उसैले कमाएको खाने र उसैका विरुद्ध आवाज उठान गर्न नसक्ने भएकोले राज्यले त्यस्ता पीडितहरुका लागि गाँस, बास, सुरक्षित आवास, सुरक्षा र शिक्षा लगायत न्याय प्राप्त गर्नका लागि आर्थिक, कानूनी सहायता जस्ता आधारभूत आवश्यकताहरु परिपूर्ति गर्नुपर्ने बताउनुहुन्छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले घरभित्र हुने यौनजन्य हिंसाका पीडितहरुले सुरक्षाको वातावरण नभएको कारण पीडालाई दवाएर राख्ने, समयमा उजुरी दिन नसक्नु, घरपरिवारभित्र घटेका घटनाहरुमा प्रहरीले पनि भरसक मिलनुस भनी उजुरी नलिने जस्ता समस्या भएको बताउनुभयो ।
गौतमले पीडितलाई न्यायको पहुँचमा पुरयाउनका लागि संरचनागत सुधार गरेर, उजुरी लिने प्रहरीको क्षमता अभिवृद्धि गरेर, सक्रिय बनाउने जस्ता कामहरुलाई प्राथमिकतामा राख्ने र बलात्कार विरुद्ध सुन्य सहिष्णुताको नीति अवलम्बन गरी पीडितलाई न्यायको पहुँचमा पुर्याउनुपर्ने भन्दै आफ्न्त र विश्वास गरिएका व्यक्तिहरुबाट गरिएको दुरव्यवहारको सुनुवाइ नहुँदा र असुरक्षित महशुशका कारण आत्मा हत्याका घटनाहरु बढेकाले राज्य संवेदनशिल हुनुपर्ने बताउनुभयो ।
बलात्कारका घटनालाई विशेष प्राथमिकतामा राखेर हेरिनुपर्नेमा त्यसो नगरिँदा पीडितहरुले प्रहरी कार्यालय तथा अदालतमा बारम्बार झेल्ने तनाव र दुव्र्यवहारले उल्टै पीडकलाई प्रोत्साहन गरिरहेको गुनासाहरु पनि आउने गरेका छन् । ‘जो बलात्कार पीडित छ उसैलाई दोषारोपण गरेर बहस शुरु हुन्छ । उसको चरित्र, व्यक्तित्व र उठबस कोसँग थियो भन्ने जस्ता कुराहरु उठ्न थाल्छन् । त्यस्तो कदापि हुनुहुँदैन । बलात्कार मानवता विरुद्धको जगन्य अपराध हो ।’ कयौँ अवस्थामा बलात्कार सम्बन्धी अपराधलाई समेत सामाजिक मेलमिलापको विषय बनाइँदा यो अक्षम्य अपराध भएको कुरा समाजले लिन नसकेको हो ।
पीडितको सुरक्षा, प्रमाणको संरक्षणदेखि लिएर समाजमा पुर्नस्थापनाको काममा समेत स्पष्ट रुपमा सरकारी नीतिको कार्यान्वयनको अभाव, कानुनी कारवाही प्रभावकारी नभएको अवस्था छ । जसले गर्दा दोषीहरु उम्कने वा कम सजाय पाउने अवस्थाले पनि ‘कतिपय अवस्थामा मुद्दाका फाइल पल्टाउँदा थुप्रै ठाउँमा खोजिनुपर्ने तथ्यहरु नखोजिएर संवेदनशीलता र गम्भीरतालाई कसरी कमजोर बनाइएको छ भन्ने पनि भेटिएका तथ्य छन् ।’
बलात्कारका घटनाहरु अकस्मात बढेको भने पक्कै होइन । पहिले लुकाइने त्यस्ता घटनाहरु अहिले बाहिर आउन थालेकाले संख्या बढेको भन्ने लाग्छ । बलात्कारको मुख्य कारण महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पितृसत्तात्मक सोच भएकाले छोरीहरु असुरक्षित हुन्छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एपसी भरत बहादुर विकले घरभित्र बालिकाहरु असुरक्षित हुनु यौनजन्य हिंसाको शिकार हुनु भनेको मानसिक समस्या भएका व्यक्तिहरुको मनोविज्ञानका कारण पीडित हुने गरेको र विगतको तुलनामा घटना बढेको नभएर उजागर भएका कारण उजुरीको संख्या बढेको बताउनुभयो । एसपी वि.कले बलात्कार जसले गरे पनि मानवता विरुद्धको गंभिर अपराधका घटनाहरुमा प्रहरी संवेदनशिल भएर लागेको भन्दै चाहे घरभित्रको व्यक्ति होस या बाहिरको त्यस्ता अपराधीलाई कारवाहीका लागि कुनै संझौता नगरेको बताउनुभयो ।
बलात्कारका आरोपितहरुमध्ये अधिकांश घरभित्रै र नजिकका मान्छे भएकोले कतिपय अवस्थामा इज्जत जाने समाजमा प्रतिष्ठा घट्ने कारणले पनि उजुरी ढिला आउने गरेको र तयस्ता घटनामा पीडितको न्यायका लागि र सुरक्षाका लागि विभिन्न निकायहरुसँग समन्वय गरेर पीडितलाई सुरक्षित आवास गृहमा पठाउने र अपराधीलाई कानून बमोजिम सजायका लागि कारवाही अगाडी बढाएको बताउनुभयो । उहाँले यस्ता खालका अपराधहरु घटाउनका लागि जनचेतना कार्यक्रम र कानूनी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।