हेयभाव र भेदभावका कारण, एचआईभी संक्रमितमा थप पीडा
- सत्यदीप सन्देश
- 20 Mar, 2024
रिमा बि सि
रुपन्देही,& चैत । बुटवल ११ की पुष्पा थापा -नाम परिवर्तन_ ३७ बर्षकी हुनुभयो । थापाका दुई सन्तान छन् । पुष्पाका पति भारतमा काम गर्नुहुन्थ्यो । परिवारको खुशीका लागि मुग्लान गएका पति ४ वर्ष अगाडी विरामी परेपछि घर फर्कनु विरामी पतिलाई पुष्पाले लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गर्नुभयो । चेक जाँच गर्दा एचआईभी पोजेटिभ देखियो । यो घटनाले पुष्पा बेचैन हुनुभयो । पुष्पाले आफुलाई समाल्न निकै कठिन भयो । पुष्पा भन्नुहुन्छ “बरु ऋण लागोस दिन नलागोस भन्थे, मलाई ऋण र दिन सबै लाग्यो” पतिलाई एचआइभी भएपछि चिकित्सकहरुले पुष्पालाई पनि एचआइभी जाँच गर्न सुझाब दिए । जाँचमा पुष्पालाई पनि एचआईभी पोजेटिभ देखियो । पुष्पाले आँखा भरी आँसु झार्दे भन्नुभयो के गर्नु पतिले पैसा कमाउलान छोरा छोरीको राम्रो शिक्षा दिक्षा होला भन्ने थियो । पतिले पैसा होइन रोग उपहार दिए । दुई वर्ष अगाडी पतिको मृत्यु भयो । आफु त मरेर जानुभयो । मलाई पनि जीउदै मारेर जानुभयो । समाजले अहिले पनि फरक व्यवहार गर्छन । छोराछारीका साथीहरु पनि खेल्न आउदैनन् । छोराछोरी दुवै नेगेटिभ छन् । तर पनि समाजले हेर्ने दृष्टिकोण अझै फेरिएको छैन् । दुई वर्षदेखि एआरभी औषधी खान सुरु गरेको छु । मेरो के गल्ती थियो र तर समाजले मलाई दोष देखाउँछ, सुक्क सुक्क गर्दे बोल्न सक्नुभएन् ।
पुष्पा मात्र होइन मर्चवार ६ की संझना यादव -नाम परिवर्तन_ ४२ वर्षकी हुनुभयो । भारतको मुम्वाईमा कोठीमा काम गर्ने पति मार्फत एचआईभी संक्रमित भएकी यादवले एचआईभी भएकै कारण समाजमा धेरै लालद्दना खेप्नु परेको दुखेसो पोख्नुभयो । संझना भन्नुहुन्छ “मेरो के दोष थियो र एचआईभी हुनुमा, तर समाजले मलाई किन दोषी ठान्छ ।” आँखाभरी आँसु टिलपिल गर्दे थप्नुभयो । मर्न धेरै कोशिश गरे, छोरा छोरी हेरेर मर्न नि सकिन बाँचेर बाँचे जस्तो छैन् । सबैले हेला गर्छन, स्कुलमा पनि मेरो बच्चाहरुलाई तेरो बाआमालाई एचआईभी रोग छ रे भनी होच्याउँछन् । थाहा छैन कतिदिन बाँचिन्छ M लामो सास लिंदै बोल्न सक्नुभएन् ।
पुष्पा, संझना मात्र होइन् देवदह ११ की मसिना खत्री - नाम परिवर्तन_ ३८ वर्षकी हुनुभयो । खत्रीको सात जनाको परिवार छ मध्यम वर्गीय खत्री दिनभरी खेतीपातीमै रमाउनुहुन्छ । खत्रीका पति सार्वजनिक बस चालक हुनुहुन्छ । तीन वर्ष अगाडी खत्री गर्भवती हुनुभयो । गर्भवती हुँदा एचआईभी जाँच गर्दा उहाँलाई एचआईभी पोजेटिभ देखियो । गर्भवती खत्रीसँगै उहाँका पतिको पनि एचआईभी जाँच गरियो पति पनि पोजेटिभ भएको र गर्भमा रहेको बच्चालाई संक्रमणबाट जोगाउनका लागि औषधी सेवन गरेर एचआईभी नेगेटिभ जन्माउन सकिन्छ भनेर लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टरले सल्लाह दिनुभयो । डाक्टरको सल्लाह अनुसार औषधी खाएपछि मेरो बच्चा नेगेटिभ छ । खत्री भन्नुहुन्छ ।“मेरो बच्चालाई एचआईभी छैन, । तर पनि समाजले थाहा पाए हेला गर्लान भन्ने पीरले पिरोल्छ” । “ मेरो के दोष थियो र यो सजाय भोगिरहेको छु” । गहँभरी आँसु झादै पीडा पोख्नुभयो ।
पुष्पा,संझना र मसिना त प्रतिनिधि पात्र मात्र हुन यस्ता आफुले जोखिम व्यवहार नगरि एचआईभीको शिकार भएका धेरै निर्दोष महिलाहरु छन् । जसले सँगै बाँच्ने सँगै मर्ने कसम खाएका जीवन साथीबाट धोका खाएर पटक पटक मरेर बाँचिरहेका छन् । उनीहरुलाई गल्ती नभई सजाय पाइरहेकोमा र समाजले लगाउने लाञ्द्दनाले घरी घरी बेचैन बनाउँछ र सन्तानका लागि संघर्ष गर्नुपरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको विगत ४ वर्षको तथ्यांकलाई विश्लेषण गरी हेर्दा आ.व.०७७/०७८ एचआईभी भएर एआरटी खानेको संख्या १ हजार ४ सय ८७ जना र सोही वर्ष नयाँ पत्ता लागेको संख्या १ सय ५७ जना, ०७८/०७९ मा १ हजार ६ सय ३३ जना संक्रमितले एआरटी सेवन गर्ने भए भने १ सय ८७ जना नयाँ पत्ता लागेको, ०७९/०८० मा १ हजार ७ सय ४८ जनाले एआरटी सेवन गर्ने संख्या र नयाँ पत्ता लागेको १ सय ८६ जना, आ.व. ०८०/०८१ माघसम्म १ हजार ८ सय नौ जनाले एआरटी सेवन गर्छन भने १९ जना नयाँ संक्रमित पत्ता लागेको जिल्लास्वास्थ्य कार्यालय रुपन्देहीका एचआईभी फोकल पर्सन रिशव श्रेष्ठले बताउनुभयो ।
एचआईभी एडसको आव ०७९/०८० मा प्रादेशिक रुपमा विश्लेषण गर्ने हो भने सबैभन्दा बढी बाग्मती प्रदेशमा ८ सय ८३ जना र सबैभन्दा कम कर्णली प्रदेशमा ५६ जनामा एचआईभी संक्रमण भएको तथ्यांकले देखाउँछ ।
त्यसै गरी मधेश प्रदेशमा ६ सय ६ जना, कोशी प्रदेशमा ३ सय ८१ जना, गण्डकी प्रदेशमा २ सय ४६ जना, लुम्बिनी प्रदेशमा ३ सय ३९ जना, सुदुरपश्चिम प्रदेशमा २ सय ५२ जना र राष्ट्रियस्तरमा ३ हजार ४६ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एडस तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकमा उल्लेख छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका एचआईभी फोकल पर्सन राम प्रसाद भट्टराईका अनुसार अहिले लुम्बिनी प्रदेशका १५ ओटा स्वास्थ्य संस्थाहरुबाट ४ हजार ५ सय ९८ जनाले नियमित रुपमा एआरटी सेवन गरेको बताउनुभयो ।
देशभरका विभिन्न सरकारी अस्पताल तथा उपचार केन्द्रहरुबाट आर्थिक वर्ष आव २०७४/७५ मा १६ हजार ४ सय २८ जनाले उपचार लिएको, आव ०७५/७६ मा १७ हजार ९ सय ८७ जनाले, आव ०७६/७७ मा १९ हजार २ सय ११ जना, आ.व.०७७/७८ मा २० हजार ८ सय ८३ जनाले, आ.व.०७९/८० मा २४ हजार २ सय ३७ जनाले उपचार सेवा लिएको राष्ट्रिय एडस तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकमा उल्लेख छ ।
सरकारले सन् २०३० सम्म एड्स महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्स सम्बन्धी मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभाव गर्ने लक्ष्य राखेको जनाएको छ । सरकारी तथ्यांक अनुसार संक्रमितको संख्या घटेपनि उपचार सेवा लिनेको संख्यामा भने कमी आएको देखिँदैन ।
सरकारले पाँच वर्षभित्र आमाबाट बच्चामा हुने एचआईभी संक्रमणको अन्त्य गर्ने लक्ष्य राखेको अनुरुप सन् २०२६ सम्ममा आमाबाट जन्मेको बच्चामा सर्ने एचआईभी संक्रमण अन्त्य गर्ने लक्ष्य राखी कार्ययोजना अगाडि बढाएको हो ।
देशभर आमाको पेटमै संक्रमित भएको संख्या करिब १ हजार ३ सय रहेको छ । यसमा भर्खरै जन्मिएका शिशुदेखि १४ वर्षसम्मका बालबालिका रहेको र कुल संख्याको ४ दशमलव २ प्रतिशत रहेको राष्ट्रिय यौनरोग नियन्त्रण कार्यालय टेकुको तथ्यांकमा उल्लेख छ ।
एचआईभी संक्रमित गर्भवती महिलाको संख्या २ सय १६ छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा एचआईभी संक्रमितको अनुमानित संख्या ३० हजार रहेको उल्लेख गरेको छ । जसमध्ये महिला संक्रमित १३ हजार र पुरुष १६ हजार र १४ वर्ष मुनीका बालबालिकाहरु १ हजार जना रहेका छन् ।
केन्द्रले वार्षिक ७ सय ५४ संक्रमित थपिने जनाएको छ । त्यसैगरी एड्सकै कारण एक वर्षमा ६ सय ३६ जनाको मृत्यु हुने तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष २०७९÷८० मा मात्र महिला १ हजार १ सय २३ जना, पुरुष १ हजार ७ सय ८३ जना, टान्सजेण्डर १ सय ४० जनामा १४ बर्ष मुनीका बालबालिका ९४ जना १५ देखिका युवाहरु २ हजार ९ सय ५२ जनामा एचआइभी संक्रमण भएको तथ्यांकमा उल्लेख छ ।
सन् २०३० सम्मका लागि ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको एआरभी औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार -भाइरल लोड_ न्यून भएको हुनेछ । मुलुकमा भाइरल लोड परीक्षण गर्ने मेसिन ८ वटा छ । सात प्रदेशमा भाइरल लोड परीक्षण केन्द्र रहेका छन् ।
नेपालमा एचआईभीको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीहरू समेत एचआईभीको उच्च जोखिममा रहेका छन् ।
एचआईभी संक्रमितहरूलाई औषधीको पहुँच बढाउनको लागि ८५ वटा एआरटी केन्द्र स्थापना गरी ४६ डिस्पेन्सिङ्ग एआरभी केन्द्रहरुबाट निःशुल्क औषधी वितरण भइरहेको छ । हाल ४१ वटा जिल्लामा सञ्चालित छन् । सन् २०२२ को अन्तसम्म संसारमा ३ करोड ९० लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको थियो भने १३ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले घटेको देखिन्छ । जतिवेला सन् १९९५ मा ३२ लाख नयाँ संक्रमण भएको तथ्यांकले देखाएको थियो ।
त्यसै गरी सन् २०२२ मा १ लाख ३० हजार बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ५८ प्रतिशतले घटेको छ । सन् २०१० मा ३ लाख १० हजार बच्चामा नयां संक्रमण भएको अनुमान गरिएको थियो । सन् २०२२ मा मात्रै करीब ६ लाख ३० हजार व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ, जुन सन् २०१० को तुलनामा ५१ प्रतिशतले कम हो । सन् २०१० मा १३ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान थियो ।
एचआइभी एडस रोकथामका लागि सरकारले नीतिको दिर्घकालिन सोच बनाएर नेपाललाई एचआईभी र एड्स तथा यौन रोगमुक्त समाजको रुपमा स्थापित गर्ने । नीतिको निर्दिष्ट लक्ष्य एचआईभीको संक्रमण दरलाई कम गर्दै यसवाट पर्ने नकरात्मक असरलाई न्यूनीकरण गर्दै नागरिकको स्वस्थ जीवन जिउनका लागि प्रत्याभूत बनाउने बताएको छ ।
त्यस्तै राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१ र २०२६ को निर्माण गरी नेपालमा एचआईभी तथा एड्स सम्बन्धि क्रियाकलापहरु राष्ट्रिय एचआईभी रणनीतिक योजनाले निर्देश गरे अनुरुप संचालित छन् । जनस्वास्थ्यको चुनौतीका रूपमा रहेको एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्र्नेे परिकल्पना लिएर अगाडी बढेको छ ।
नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । सन् २०२२ को अन्तसम्म नेपालमा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अनुमान छ । संक्रमणमध्ये बयस्क जनसंख्याको ०.११ प्रतिशत संक्रमण दर -प्रिभ्यालेन्स_ छ । नेपालमा हरेक दिन १ जना मानिसहरु एचआईभी संक्रमित हुने गरेको अनमान गरिएको छ ।