:
Breaking News

सन्दीप लामिछानेले पाए सफाइ

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

दाङमा दुई महिलाको हत्या

पारदर्शी सहकारीको सहकारी शिक्षा तालीम सम्पन्न

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई प्राथमिकतामा राख्न ओलीको जोड

नेपाल गणतान्त्रिक यातायात व्यबसायी संगठन लुम्बिनीको अधिवेशन सम्पन्न : अध्यक्षमा पुनःखत्री चयन

इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी

बझाङ १(१) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

सुदुरपश्चिम सम्पर्क समाज लुम्बिनीको अध्यक्षमा पर्मानन्द पन्त

नेपाल पत्रकार महासंघको १२ औं अधिवेशनले पारित गर्‍यो ७ बुँदे घोषणा पत्र

कक्षामा सिद्धान्त, बारीमा प्रयोग

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ‘ब्रिफिङ’ प्रधानमन्त्रीलाई गर्नुपर्ने

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी

चुनौती बन्दै क्षयरोग नियन्त्रण

हेयभाव र भेदभावका कारण, एचआईभी संक्रमितमा थप पीडा

अक्सफोर्ड मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई

तनाव व्यवस्थापन तालिम सप्पन्न

छ सय फाटमा खरबुजा फलाउदै किसानहरु

खुद्रा किराना व्यवसायी संघ रुपन्देही अध्यक्षमा पोखरेल

बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

बराल समुदायको कूल पूजा सम्पन्न

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट :- फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले नेपाल पराजित

लुम्बिनी शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

लुम्बिनीमा परेका गाउँलाई गण्डकीमा ल्याउन एमालेको संकल्प प्रस्ताव

प्राङ्गारिक कृषि मेलामा रहेको कृषि औजारप्रति उपभोक्ताको आकर्षण

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १६ औं वर्षमा प्रवेश,६ अर्वको पुँजि कोष,८८ वटा शाखा सञ्जाल

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, रुपन्देहीमा तीन लाख बालबालिका समेटिँदै

महानगरले कर उठाउन सकेन, योजना काट्न वडा र महाशाखालाई निर्देशन

बाल श्रम अन्त्यका लागी तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान

पञ्चकोटमा पाँच हजार किलोको महाघण्ट

बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : उपाध्यक्ष पौडेल

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा प्रमोद भट्टराई पक्राउ

तीन दिन भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

प्रेस चौतारी नेपालको स्थापना दिवस : रुपन्देहीमा ४० जनाद्वारा रक्तदान

रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत

प्रेस चौतारी मैत्रीपूर्ण फुटसलस् मोबाईल संघ विजेता, चिकित्सक संघ उपविजेता

खेलका नियमबाट राजनीतिक दलले धेरै सिक्न जरुरी छ : विष्णु पौडेल

पोखराको पर्यटनमा ६ खर्ब लगानी जोखिममा परेको भन्दै ध्यानाकर्षण

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देहीको मैत्रीपूर्ण फुटसल र रक्तदान कार्यक्रम

स्वर्गिय परमानन्द खरेल स्मृतिमा आयोजित खुला फुटसल प्रतियोगिताको सबै तयारी पुरा

छोरीहरु आफन्तबाटै असुरक्षित

केपी ओली नेपालको सर्वाधिक प्रतिभाशाली नेता : विद्यादेवी भण्डारी

लैगिंक विभेद र जातिय छुवाछुत हटाउन कानूनी सचेतना

युवा संघ र प्रेस चौतारी बिच मैत्रीपूर्ण फुटसल सम्पन्न

रुपन्देही उद्योग संघको प्लाष्टिक वस्तुगत समिति संयोजकमा तिमिल्सिना

मुख्यमन्त्रीसँग त्रिवेणीवासीले भने - कि सडक देउ, नत्र लुम्बिनीमा गाभ्देउ

बुटवलका बिद्यालयहरु भोलिदेखि ३ दिन जाडो विदा

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीकाे प्रचारप्रसार विभाग गठन

कपिलवस्तु एमालेले कार्यकर्ताको परीक्षा लिने

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी विजयी

अक्सफोर्ड मा.वि.मा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न

समाजिक अन्तरविरोध न्यूनीकरण गर्न वर्गीय विभेदको अन्त्य जरुरी : पूर्वप्रधानमन्त्री खनाल

तीन दिने डिजिटल पत्रकारिता तालिम सम्पन्न

विदेश जानेहरुलाई गाली गरेर, अर्ति-उपदेश दिएर समस्या समाधान हुँदैन : श्रेष्ठ

ज्ञानपुञ्जमा खेल सप्ताहको दोस्रो दिन बिबिध खेलकुदहरु सम्पन्न

अनुशासनहीनता अहिले नेपाली समाजको प्रमुख चुनौतीः ओली

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

एक महिनाको भेटी रु ३५ लाख

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्डले सचिवालयबाट हटाए १३ कर्मचारी

रुपन्देही व्यापार संघको अधिवेशन : २९ पदका लागि ४२ जना उम्मेदवार

आजदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनको आचारसंहिता लागु

त्रिशूली नदीमा रित्तै फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी

‘महाजात्रा’को गीत‘आहा क्या राम्रो’ सार्वजनिक (भिडियो सहित)

पेट्रोल,डिजेल र मट्टितेलको भाउ घट्यो

रूप फेरेको माघी पर्वले आफैलाई बिर्सेर गयो

टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते

आजदेखि मेलम्चीको पानी बाह्रै महिना आपुर्ति हुनेछः प्रधानमन्त्री

कर विवाद बढेपछि पोखरा महानगरपालिकाले गठन गर्‍यो पुनरावलोकन समिति

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा सुरु

बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई

न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ शुरु, ८७ विद्यालयबाट ६ वटा फाइनलमा

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने

लोकल रक्सी बेच्न रुपा गाउँपालिकाले बनायो कानुन

राप्ती नदी बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत (मृतकको नामसहित)

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीले भेटे राष्ट्रपति पौडेललाई

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

राप्रपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेता सहभागी

राष्ट्रनिर्माता पृथ्वीनारायणको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार सुनिश्चिताका लागि बजेटको व्यवस्था गछौ नगरप्रमुख खाँण

मित्रमिलन सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

सिद्धेश्वरीका पाचसय विद्यार्थीलाई न्यानो कपडा ट्रयाक सुट वितरण

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस : पोखरामा राष्ट्रवादी र्‍यालीसहित सभा

नक आउट फुटबलको उपाधि न्यू सिर्जना एफसीलाई

पाँच वर्षपछि नेपाल रेडक्रसले पायो पुनः वैधता

सन्दीप लामिछाने उच्च अदालत जाने

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

रूपाताल : उदायमान पर्यटकीय गन्तब्य

एकीकृत समाजवादीका नेता राजु गुरुङले दिए राजीनामा

तेश्रोलिङ्गी सरोजिले पाईन आफ्नै पहिचानमा कलेज भर्ना

मैत्रीपूर्ण फुटसलको उपाधि रूपन्देही प्रहरीलाई

रुपन्देहीमा भन्सार छलेर ल्याइएको प्याज बरामद

गण्डकीलाई सोझो सेटमा हराउँदै आर्मी राष्ट्रिय भलिबलको सेमिफाइनलमा

नेपाल भित्रियो कोरोनाको नयाँ भेरियन्ट

सहकारी पीडितको समस्या : व्यवस्थित समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

व्यवसायको जन्मदाता हाटबजार : प्रदेश प्रमुख

माओवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनमा एमालेका १९ उम्मेदवार (सूचीसहित)

विद्यार्थीलाई नियमित विद्यालय ल्याउन ‘हेलो अभिभावक’ कार्यक्रम

लेखनाथ दुर्घटना : अनिशा र भावना मृत्युको घटनामा कारचालक कारागार चलान

बुटवलमा सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु,घरटहरा हटाएर पार्क र चौतारी निर्माण गरिने

पोखरालाई साँच्चिकै सुविधासम्पन्न महानगर बनाउँछौँ : मेयर आचार्य

माइतीघरबाट गोविन्द केसीसहित ७ जना प्रहरी नियन्त्रणमा

उत्कृष्ट संसदीय पत्रकारिता पुस्कारबाट केसी सम्मानित

आर्यन र केकीको तिमी छौ र मेरो मुटु चलेको सार्वजनिक (भिडियो सहित)

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरवैयक्तिक सञ्चार सीप कार्यक्रम

केपी ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण

करोडौं रकम ठगी गरेर एक दम्पती फरार

सुर्यपुरा बहुमुखी क्याम्पस भवनको शिलान्यास

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

नेपाल र भारतबीच चार बुँदे सम्झौता, भूकम्प पीडितलाई एक हजार करोड सहयोग

राष्ट्रपति रामचन्द्र पौडेल भोलि बुटवल आउने

म सदासदा नेपालीका साथमा छु : पूर्वराजा शाह

मित्रमिलन सहकारी प्रकरण : सहकारीका पूर्व रजिष्ट्रार पराजुलीसहित ४ जना जेल चलान

५० करोडको कारोबार गर्दै सकियो लुम्बिनी एक्स्पो

सूर्य दर्शन सहकारी ठगीमा दुईजना जेल चलान, जिबीसहित १५ जना अझै फरार

अरनिको इङ्गलिस बोर्डिङ्गको ४० औं वार्षिकोत्सव

लुम्बिनी एक्स्पोमा डान्स आइडलको विजेता बनीन आकृति

४ करोड कारोबार गर्दै सकियो बुटवलको पाचौँ सडक खाना महोत्सव

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवमा रक्तदान

प्रेस चौतारी रुपन्देहीले २६ औं स्थापना दिवसमा संघसंस्थाबीच मैत्रीपूर्ण फुटसल गर्दै

लुम्बिनी एक्स्पोमा कृषि स्टलले उपभोक्तालाई राहत

पोखरास्थित गुप्तेश्वर महादेव गुफाद्वारा २५ करोड शिक्षामा लगानी

लुम्बिनी एक्स्पोमा दर्जनौं वृद्धवृद्धालाई सम्मान साथै आर्थिक सहयोग

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने निर्णय

पोखरामा करापुटार समाजको रक्तदान, ५१ युनिट रगत संकलन

शनिवार लुम्बिनी एक्स्पोमा अवलोकनकर्ताको अत्यधिक चाप

पत्रकार समाजका अभिन्न अंग हुन्ः सभामुख घर्तीमगर

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवमा बुटवलमा प्रभातफेरि

लुम्बिनी एक्पोमा ब्यापार बढ्दो,दैनिक उपभोग्य सामान एकैठाँउमा पाउदा दर्शक खुसी

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

ल्होसारका अवसरमा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

बालकुमारी आन्दोलन : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

भोलिदेखि बुटवलमा पाँचौ सडक खाना महोत्सव

ल्होसारको अवसरमा रक्तदान

बुटवलमा अटो श्रमिकहरुका लागि नयाँ प्रविधिमा सीप वृद्धि तालिम

लुम्बिनी एक्स्पो आफैंमा एउटा ब्रान्ड हो : सदस्य सचिव दयानिधि भण्डारी

सरकारी ऐन नियमहरु विकासका बाधक : मुख्यमन्त्री चौधरी

व्यापार मेलामा दर्शक र कारोबारमा वृद्धि

निष्पक्ष पत्रकारिता नै आजको आवश्यकता : मन्त्री पाण्डेय

लुम्बिनी एक्स्पो : विद्युतीय गाडी आकर्षणको केन्द्र

प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

वर्तमान गठबन्धन सरकारको कारण देश गलत बाटोमा : ओली

पोखरामा रवि लामिछानेलाई लक्षित गर्दै मकैको खोया प्रहार

सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालबन्दी

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगै ,देउवा र ओली बिच भेटवार्ता

नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने

पर्यटनका लागि शान्ति, शान्तिका लागि लुम्बिनी पदयात्रा

अब नयाँ ढंगले केही धक्का दिँदैछु, जनताको साथ पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

नारायणगढदेखि बुटवलसम्म ११३ किमी हिँडेर रास्वपाले दबाब यात्रा गर्ने

सरकार जिम्मेवारीबाट भाग्दा ठूला आयोजनाहरु अलपत्र : पूर्वअर्थमन्त्री विष्णु पौडेल

रुसी सेनामा कार्यरत ४ नेपाली युकेनमा बन्दी, थप एकको मृत्यु

बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ

खल्तीबाट नेता हालेर समावेशीता हुँदैन :- गगन थापा

बुटवलमा हुने लुम्बिनी एक्स्पोको सम्पूर्ण तयारी पूरा

लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : चित्रबहादुर केसी

एनसेलबाट कर असुल गर्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरण : सञ्चालक खनालसहित दुई जना पक्राउ

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

मितेरीद्धारा तीन दिने उद्द्घोषण तालिम सुरु

मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रदेश सरकार संवेदनशिल छः गृहमन्त्री पाण्डेय

‘जाउँ है पोखरा’ अभियान फेरि सुरु

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा एमाले–माओवादीको प्यानल विजयी

३ महिने शक्तिशाली महायागको तयारी पूरा

इतिहासलाई फर्केर हेर्दा पुस्तकको पूर्व प्रधानमन्त्री डा. भट्टराईद्वारा विमोचन

सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन भौतिकमन्त्री ज्वालाको निर्देशन

कांग्रेसले सार्‍यो महासमिति बैठक

६.५५ अंकले बढ्यो नेप्से

पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि जेलबाट छुटे

रुपन्देहीमा एक वर्षमा ६ सय ५२ मानवअधिकार ज्याजतिका घटना सार्वजनिक

सबै भन्दा सस्तो इन्टरनेट सेवा दिंदै वाइफाइ नेपाल

नेपालमै पहिलो पटक ३ महिने श्री शिवशक्ती, ११ अतिरुद्री, अयुतचण्डी, रास्ट्रियकल्याण महायाग सुरु हुदै

सोह्र दिने अभियान चलिरहँदा नेपालमा ६२ हिंसाका घटना

अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

चुनौती बन्दै क्षयरोग नियन्त्रण

top-news

रीमा बि.सी.

रुपन्देही  । नेपालमा क्षयरोगको संस्थागत रुपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न कार्यक्रम भएपनि आशातित उपलब्धी हुन सकेको छैन् । क्षयरोग नियन्त्रणका लागि सरकारले कहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार (डट्स) त कहिले स्टव टिबी रणनीति बनाएर ग¥यो । तर, क्षयरोगको रोकथाम र निवारण हुन सकेन ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालका अनुसार क्षयरोगको निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठुलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताए । 

एचएमआइएस/ डिएचआइएसको विगत तीन वर्षको तथ्यांकलाई विश्लेषण गरी हेर्दा आर्थिक वर्ष २०७७/०७८ मा  १ हजार २ सय ३२ जना क्षयरोगका विरामीहरु भेटिएकोमा ०७८÷७९ मा १ हजार ७ सय ६ जना, ०७९/०८० मा १ हजार ७ सय ४५ जना भेटिएको र ०७९/०८० मा  १ हजार १ सय ८७ जना विरामीहरु रहेको र जसमध्ये करिब ८ प्रतिशत बिरामीहरु उपचारको दायरामा ल्याउन नसकिएको हो ।

प्रमुख ढकालले आ.व. २०७७/०७८ मा  १ हजार २ सय ३२ जना क्षयरोगका विरामीहरु भेटिएकोमा जम्मा ९०.२ प्रतिशतको सफल उपचार भएको ०७८/७९ मा १ हजार ७ सय ६ जनामा ९१.२ प्रतिशतको सफ उपचार भएको, ०७९/०८० मा १ हजार ७ सय ४५ जना बिरामीमध्ये ९२ प्रतिशतको सफ उपचार भएको र ०७९÷०८० मा  १ हजार १ सय ८७ जना विरामीहरुमध्ये ९२. ५ प्रतिशतको सफल उपचार भएको र बाँकी विरामीहरु उपचारमा आउन नसकेको बताए ।  
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सन् २०१८/२०१९ मा गरिएको क्षयरोगको प्रिभ्यालेन्स सर्भेक्षण अनुसार प्रदेशमा करिव ११ हजार ५ सय क्षयरोगका विरामीहरू बार्षिक रूपमा प्रक्षेपण गरेको थियो भने आ.ब.०७९/८० मा ७ हजार ७ सय ६ क्षयरोगका विरामीहरू राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता भएको तथ्यांक छ । यसरी हेर्दा प्रक्षेपणको तुलनामा ३३ प्रतिशत विरामीहरू अझै  क्षयरोगको निदान तथा उपचारको दायरामा बाहिर छन् ।

त्यस्तै क्षयरोगको पत्ता लाग्ने दर आ.ब. ०७९/८० मा राष्ट्रिय  प्रति लाख १ सय २६ रहेकोमा लुम्विनी प्रदेशमा प्रति लाख १ सय ४८ रहेको छ । यसरी हेर्दा पत्ता लाग्ने दर यस प्रदेशमा सबभन्दा राम्रो रहे पनि प्रिभ्यालेन्स सर्भेक्षण अनुसार प्रति लाख ९७ अझै पछाडी रहेको देखिन्छ । 

सबै भन्दा बढी क्षयरोगको भार भएको जिल्लामा रूपन्देही रहेको छ भने सबैभन्दा कम रुकुमपूर्व रहेको छ जहाँ ५३ जना क्षयरोगका विरामीहरु रहेका छन् । जहाँ आ.ब. ०७९÷८० मा  १ हजार ७ सय ४५ जना क्षयरोगका विरामीहरू उपचारमा रहेका छन् भने क्रमशः दाङमा १ हजार २ सय ९३, बाँकेमा १ हजार १ सय २ जना कपिलवस्तुमा ९ सय १४, बर्दियामा ६ सय ७७ र नवलपरसी पश्चिममा ४ सय ७० जना, पाल्पामा ३ सय ३४ जना, अर्घाखाँचीमा २ सय २१ जना, रोल्पामा २ सय ८७ जना,प्यूठानमा ३ सय ५२ जना उपचारमा दर्ता भएका छन् । तर क्षयरोगको पत्ता लाग्ने दर सवै भन्दा बढी १ सय ८८ प्रति लाख दाङ जिल्लामा रहेको छ । समग्र रूपमा हेर्दा नेपालको जम्मा भार मध्ये २१ प्रतिशत क्षयरेगको भार लुम्विनी प्रदेशमा रहेको छ । 

लुम्विनी प्रदेशमा क्षयरोगको उपचार सफलता दर हेर्दा आ.ब. ०७६÷७७ देखि आ.ब ०७९/८० सम्म ९० प्रतिशत भन्दा माथि रहेको छ । जुन लक्षित सुचकको राम्रो उपलब्धी मान्न सकिन्छ । सरकारले क्षयरोगमुक्त नेपाल अभियानका लागि पञ्चवर्षीय रणनीतिक योजना (०७८/७९ देखि २०८२/८३ ) कार्यान्वयनमा ल्याएको छ । यो रणनीति पूरा गर्न भने चूनौतिपूर्ण रहेको विज्ञहरु बताउँछन् । यसअन्तरगत यो आर्थिक बर्ष २५ वटा पालिकामा ‘फ्यामिली डट्स’को प्राइलट प्रोजेक्ट गरिंदैछ । पाँच वर्षभित्र ७५३ वटै स्थानीय तहमा सो कार्यक्रम पुर्याउने योजना छ सरकारको छ ।

ज्येष्ठ नागरिक, बालबालिका, कैदी–बन्दी, एचआइभी संक्रमित, मधुमेहका रोगी, लागुऔषध प्रयोगकर्ता,, गर्भवती, कलकारखाना, सुरक्षा निकाय, घना बस्ती, ईंटाभट्टा र निर्माण क्षेत्रका कामदार क्षयरोगको बढी जोखिममा हुन्छन् । यस्ता क्षेत्रमा अब एक्टिभ मोडलमा काम गर्ने सरकारको योजना छ ।

यसका लागि पालिकाहरुमा युनिट गठन गरिएको छ । पालिका र वडा कमिटीहरुलाई कार्यक्रमको नेतृत्व तथा संयोजन गराउने नीति छ । यसबाट क्षयरोगको वास्तविक अवस्था पत्ता लगाउने, रोगीहरुलाई उपचारको दायरामा ल्याउने र संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्य रहेको छ ।

सरकारले डिआर बिरामीलाई ३ हजार पोषण भत्तासहित निःशुल्क बिमाको व्यवस्था समेत गरेको छ । आगामी आवबाट यस्तो भत्ता ५ हजार पुर्याउने तयारी सरकारको छ । निःशुल्क बिमासुविधा समेत दिंदा क्षयरोगका बिरामीहरु प्रोत्साहित भएर अगाडि आउने अपेक्षा छ ।

हरेक वर्ष ३ प्रतिशतले संक्रमण दर घटाउन सक्दा १२५ वर्षमा नेपाल क्षयरोगमुक्त हुने ०७४/७५ को प्रिब्यालेन्स सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । ३ प्रतिशतलाई बढाएर ९ प्रतिशतमा पुर्याए आगामी सन् २०५० भित्र नेपालमा क्षयरोग उन्मुलन गर्न सकिने सैद्धान्तिक आँकलन छ ।

उमेर समुहको हिसाबले सबैभन्दा बढी क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहमा रहेको छ । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुमा पनि क्षयरोगको संक्रमण पाइएको छ । सरकारले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य र २०५० सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको भए पनि उपचारको पहुँच भन्दा बाहिर विरामी हुँदा चुनौती बढेको छ । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका एचआईभी तथा क्षयरोग फोकलपर्सन राम प्रसाद भट्टराईका अनुसार क्षयरोगको छिटो र छरितो तरिकाले रोगको पहिचान गर्न लुम्विनी प्रदेशमा हाल ७ सय ५९ क्षयरोग उपचार केन्द्र, १ सय ४४ डेजिक्नेटेड माइतक्रोसकपिक केन्द्र, २५ वटा जिन एक्सपर्ट केन्द्र, १ गुणास्तर जाँच केन्द्र, ४ डिआर उपचार केन्द्र र २ डिआर होस्टेल रहेका छन् । १५ सेन्टरबाट, एक सय १३ स्वास्थ्य संस्थाबाट, एक सय ३१ वटा यन्त्र जडान गरी रोगी पत्ता लगाउने गरेकोे बताए । 

त्यस्तै नेपालमा देशभरका छ हजारभन्दा बढी स्वास्थ्य संस्थाहरुबाट क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध गराइएको छ भने ८ सय ९६ माइक्रोस्कोपी केन्द्र र ८४ जिन एक्स्पर्ट केन्द्रमा क्षयरोगको परीक्षण गरिन्छ । माइक्रोस्कोपीलाई ४५ प्रतिशत र जिनएक्स्पर्ट परीक्षणलाई ९० प्रतिशत विश्वसनीय मानिन्छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा. हरि पन्थीका अनुसार क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो । एक जनाबाट १० जनासम्म क्षयरोग सर्न सक्दछ । देशका ९७ प्रतिशत मानिसको फोक्सोमा कीटाणुहरु रहेकाले दीर्धरोगी, बढी भिडभाडमा काम गर्ने, कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादक पदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु क्षयरोगको उच्च जोखिममा पर्ने बताए । 

क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ । 

तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् । क्षयरोगका ६८ प्रतिशत बिरामी मधेस, बागमती र लुम्बिनी प्रदेशका रहेका छन् । क्षयरोगको मृत्युको दर तीन प्रतिशत छ । डा. पन्थीका अनुसार क्षयरोगका बिरामीले कम्तीमा ६ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधि सेवन गरेमा ९० प्रतिशत रोग निको हुने बताए । 

नेपालमा मृत्युको १० प्रमुख कारकमध्ये क्षयरोग सातौंमा पर्छ । ६ महिनादेखि १२ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुन्छ । सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको छ, तर बिरामी संख्या घटेको छैन । क्षयरोगका बिरामी पत्ता लगाई उपचारको दायरामा ल्याउनु नै प्रमुख चुनौती रहेको विज्ञहरु बताउँछन् ।

सरकारको दिगो विकास लक्ष्यमा क्षयरोग निवारण पनि एक हो । सन् २०३० सम्ममा क्षयरोगका बिरामी प्रतिलाख जनसंख्यामा २० जनाभन्दा कममा झार्ने, २०३५ सम्ममा प्रतिलाखमा १० भन्दा कम बनाउने र २०५० सम्ममा क्षयरोग उन्मुलन गर्ने लक्ष्य रहेको छ ।

जबकि, प्रतिलाख २ सय ४५ जनामा क्षयरोग भेटिएको छ । यो अवस्थाले २०३५ सम्म क्षयरोग उन्मूलन गर्न नसकिने देखाउँछ । उपचार प्रक्रियामा आएका भन्दा नआएका बिरामी बढी रहँदा सरकारले त्यसको खोजीसम्म गर्न सकेको छैन । 

गरिबी, स्वास्थ्य सेवामा पहुँचको कमी, पहुँच भएकाहरू पनि स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति, सेवा लिन गएकाको पनि समयमै उपचार नहुनु जस्ता कारणले क्षयरोगीको पहिचान हुन नसकेको सेभद चिल्डेनका सिनियर कार्यक्रम संयोजक मिन बहादुर सिंहले बताए । 

क्षयरोग मुक्त अभियानलाइ प्रभावकारी रूपमा सञ्चालन र कार्यान्वयन गरी क्षयरोग पहिचानमा बहुपक्षीय क्षेत्रको संलग्नता सुनिश्चित गरि समुदायको अर्थपुर्ण सहभागितामा जोड दिनुपर्ने, क्षयरोगको निदान तथा उपचार व्यवस्थापनमा थप सुधार ल्याउन प्रयोगशाला सेवाको सुदृढीकरण गर्ने। निजी सरकारी साभेदारिता कार्यक्रमलाइ प्रभावकारी रूपमा सुदृढीकरण गर्दे लैजाने, हरेक संघ, प्रदेश, जिल्ला, स्थानीय तह तथा वडा तहसम्म व्यवस्थापकीय संरचना गठन गरि क्षयरोग अन्तका लागि राजनैतिक प्रतिबद्दता हुनुपर्ने, प्रत्येक स्वास्थ्य संस्थामा एक जना डेडिकेटेड क्षयरोग फोकल पर्शनको व्यवस्थापन, बहुपक्षीय क्षेत्रको संलग्नताको लागि प्रत्येक विषयगत मन्त्रालय अन्तर्गत बन्ने आबभधिक योजना तथा रणानीतिमा क्षयरोग निवारणको योजनालाई प्राथमिकताका साथ समावेश गर्न सके क्षयरोग निवारण गर्न सकिन्छ । 

प्रिब्यालेन्स सर्भेले यहीरुपले निवारण कार्यक्रम चलाए क्षयरोगी संख्या घट्ने नभई बढ्दै जाने निष्कर्ष निकालेको थियो । सरकारको नीतिले प्यासिभ (निस्क्रिय) मोडलमा काम गरेको छ । अर्थात्, स्वास्थ्य संस्थामा आएका बिरामीलाई मात्र परीक्षणको दायरामा ल्याएको छ । लुकेर रहेका बिरामी उपचारको पहुँचमा आएकै छैनन् । वास्तवमा यो रणनीति फेल भइसकेको छ ।

नेपालमा क्षयरोगको उपचार र निवारण कार्यक्रमको खर्च ८० प्रतिशत सरकार र २० प्रतिशत ग्लोबल फन्डले गर्दै आएको छ । चालु आर्थिक वर्षका लागि नेपाल सरकारले ७६ करोड बजेट विनियोजन गरेको छ भने २२ करोड ग्लोबल फन्डको सहयोग छ । वार्षिक रुपमा यत्रो खर्च गर्दा पनि क्षयरोग संक्रमणको ‘चेन ब्रेक’ सम्म हुन सकेको छैन । नेतृत्व तह आर्थिक स्वार्थमा सीमित हुँदा कार्यक्रम प्रभावहीन भएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रकै कर्मचारीहरु बताउँछन् । 

प्रतिकृया दिनुहोस्