नेपालमै पहिलो पटक ३ महिने श्री शिवशक्ती, ११ अतिरुद्री, अयुतचण्डी, रास्ट्रियकल्याण महायाग सुरु हुदै
- सत्यदीप सन्देश
- 13 Dec, 2023
सुजिता श्रेष्ठ बुटवल ।
बुटवल उपमहानगरपालिका धार्मिक पर्यटकीय तीर्थस्थल श्री नीलकण्ठ बाबाधाम तथा श्री सन्तोषीमाता गुरुकुल विद्याश्रममा पौष १ गते देखि नेपालकै इतिहासमा पहिलो पटक ३ महिने श्री शिवशक्ति,११अतिरुद्री, अयुतचण्डी, राष्ट्रियकल्याण महायाग २०८० सुरु हुँदै छ। पौष १ गतेदेखि चैत्र ४ गतेसम्म हुने महायज्ञको समुद्घाटन का लागि अन्तिम तयारीमा रहेको श्री नीलकण्ठ बाबाधाम यज्ञ कार्य सम्पादन मूल समितिले जनाएको छ।
संस्कृत र संस्कृतिको जगेर्ना सँगै हिन्दू सनातन धर्मको रक्षा र राष्ट्र कल्याणका लागि बुटवल उपमहानगरपालिका वडा नं ७ मा अवस्थित धार्मिक पर्यटकीय तीर्थस्थल श्री नीलकण्ठ बाबाधाम तथा श्री सन्तोषीमाता गुरुकुल विद्याश्रममा नेपाल कै ईतिहासमा पहिलो पटक श्री शिवशक्ति,११ अतिरुद्री,अयुतचण्डी राष्ट्रकल्याण महायाग २०८० यही पौष १ गतेदेखि सुरु हुदैछ। पौष १ गतेदेखि चैत्र ४ गतेसम्म सन्चालन हुने ३ महिने महायज्ञको पौष १ गते बिहान ८:३० बजे कलश शोभा यात्रा बाट सुरु गरि बिहान ११:१५ बजे गलेश्वर आश्रम देवघाटधाम तनहुँका अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्दगिरी जी महाराज पिठाधिस ज्यू बाट समूद्घाटन गरिने यज्ञ कार्य सम्पादन मूल समितिले जनाएको छ।
नेपालमै पहिलोपटक हुन लागेको यस पवित्र धार्मिक अनुष्ठानमा सम्पूर्ण भक्तजनहरुलाई परिवार सहित उपस्थित भई पुण्य लाभ लिनहुन निमन्त्रणा गर्दै महायज्ञलाई सफल पार्नका लागि श्री नीलकण्ठ बाबाधाम तथा श्री सन्तोषीमाता गुरुकुल विद्याश्रमका उपाध्यक्ष चुडामणि पौडेलले आग्रह गर्नुभयो। श्री निलकण्ठ बाबाधाममा १३औं पटक हुन लागिरहेको महायागमा यज्ञ आचार्य डा.राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी वशिष्ठ लगाएत १२१ जना ब्राह्मण हरुको सहभागिता रहने यज्ञ कार्य सम्पादन मूल समितिले जानकारी दिएको छ। यसै गरि महायागमा हुने दैनिक कार्यक्रमहरु पौष१गते बिहान ८:३० बजे कलश शोभा यात्रा, विहान ११:१५ बजे महायाग समूद्घाटन , विहान ७ बजेदेखि दैनिक नित्य पूजा ,अतिरुद्री, देवि भागवत, शिवपूराण, गणेशपुराण, सुर्यपूराण, विष्णुपुराण,चार वेद पाठ, अयुतचण्डी तथा हवन गरिने, दिउँसो ५ बजेसम्म दैनिक ३ पटक आरती र टिका प्रसाद वितरण गरिने, ११ अतिरुद्रि शान्ति अभिषेक बिहान ९ बजे , दिउँसो १ बजे र साँझ ५ बजे गरिने,तुलादान, चौरासी पूजन,लक्ष्यवती प्रज्वलन,धनधान्यांचल तथा तण्डुलाचल, आदि गरि २०८० चैत्र ४ गते महायागको पुर्णाहुती तथा तिलक प्रसाद वितरण र महायाग समापन गरिने यज्ञ कार्य सम्पादन मूल समितिले जानकारी दिएको छ।
महायाग अवधिभर अतिरुद्री ११ पटक पाठ हुने,देवि भागवत ९ पटक पाठ हुने,शिवपुराण ११ पटक पाठ हुने गणेशपुराण,५ पटक पाठ हुने,सुर्यपूराण ५ पटक पाठ हुने,विष्णुपुराण ७ पटक पाठ हुने, ४ जना वेदाचार्यद्वारा चारैवेद पाठ हुने, चण्डी ११००० पटक पाठ हुने ,दैनिक हवनादि कार्य हुने समेत यज्ञ कार्य सम्पादन मूल समितिले जनाएको छ।
प्रतिकृया दिनुहोस्
Gonzalo
Win a new iphone 15, participate in the promotion right now Click Here
Jacques
Win a new iphone 15, participate in the promotion right now Click Here
Ilene
Win a new iphone 15, participate in the promotion right now Click Here
Valorie
Win a new iphone 15, participate in the promotion right now Click Here