तिजपर्वलाई मर्यादित र सभ्यढंगबाट मनाउनुपर्नेमा जोड

बुटवल,साउन । तिजपर्वलाई मर्यादित र सभ्यढंगबाट मनाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । कला सस्कृतिको जगेर्ना गर्दै एक आपसमा मनाइने तिज पर्वले आपसमा सामिप्यता र भावनात्मक सम्बन्ध स्थापित गर्ने उनीहरुको भनाई छ । निर्मल हृदय संस्था नेपाल द्धारा शनिबार बुटवलमा आयोजित परम्परा जोगाउ ,विकृति हटाऔं भन्ने नारा सहित आयोजित तिज बिशेष कार्यक्रममा बोल्ने सहभागीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका निबर्तमान मेसु डाक्टर राजेन्द्र खनालले तिज पर्व र महिलाको एक आपसमा सामिप्यता भएजस्तै महिलाको अब्बल क्षमताले नै संघ सस्था घर परिवारको सफलताको आधार तय हुने बताउनुभयो । संस्थाको नाम जस्तै आगामी दिनमा गर्ने कार्य अगाडी बढाउन सस्थालाई सफलताको शुभकामना ब्यतm गर्नुभयो । खनालले तिजपर्वलाई सम्मानित र सस्कृति संग जोडेर लैजान आवश्यक रहेको बताउनुभयो । बन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका बन अधिकृत रामध्यान शाहले सस्थाले आयोजना गरेको तिज बिशेषकार्यक्रममा समेटेको भन्दै खुशी ब्यक्त गर्नुभयो । बन क्षेत्रमा पनि महिलालले नेतृत्व गरेका अधिकांश संस्था सफल र अब्बल रहेको उदाहरण दिदै निर्मल हृदय सस्थाले पनि नयाँ नयाँ सोचका साथ जो बर्गलाई साहारको आवश्यकता छ ,त्यहाँ पुगेर सामाजिक कार्य गर्न सुझाव दिनुभयो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का कार्यबहाक वडा अध्यक्ष नकुल शाहीले वडाबाट संस्थालाई अगाडी बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो । सामाजिक काम गर्दाको आनन्द अन्य कार्यबाट नहुने बताउदै तिजका अवसरमा आयोजना हुने यस्ता खालका कार्यक्रमले भावी पुस्ताले आफ्नो सस्कृति र संस्कारको बारेमा बुझ्ने मौका पाउने बताउनुभयो ।
रेडियो मुतmीका समाचार प्रमुख तथा सञ्चारिका समुह रुपन्देहीका महासचिव अस्मिना पाण्डेले तिज पर्ब महिलाको सुख दुख बिसाउने पर्ब रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष जस्मिन भण्डारीले संस्था स्थापनाको उदेश्यका बारेमा प्रकाश पार्दै संस्थाले शिक्षा, स्वास्थ्य, महिला सशतिmकरण,युवा नेतृत्व विकास लगायतका बिषयमा कार्य गर्ने जानकारी दिनुभयो । भर्खरै स्थापित संस्थालाई अगाडी बढाउन सबैको सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो । संस्थाका सचिव छबि न्युरेले गृहणी महिला निजामती कर्मचनरी शिक्षक निजिक्षेत्रमा कार्य गरिरहनुभएका महिलाहरुको सामुहिक भेलाले स्थापित संस्थाले समाजको हितका लागी कार्य गर्ने बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष जस्मिन भण्डारीको अध्यक्षता,बुटवल उपमहानगरपालिकाकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता, संस्थाका उपाध्यक्ष समिता कार्कीको स्वागत र सचिव छबि न्युरेको सञ्चालनमा सम्पन्न भएको थियो । आफ्नो मौलिक कला र संस्कृति जगेर्नाको लागि तीजमिलन कार्यक्रम गरिएको सस्थाले जनाएको छ । तीज कार्यक्रमसँगै दर खुवाउने कार्यक्रम समेत गरिएको थियो ।