जनताको अपेक्षा बुझेर काम गर्नेछौ : निर्वाचित प्रतिनिधि

बुटवल । जनताको अपेक्षा अनुसार काम गर्ने अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरुले एक कार्यक्रममा बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले अर्घाखाँची रुपन्देही सम्पर्क समाजले आयोजना गरेको अर्घाखाँची जिल्ला तथा छिमेकी जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य तथा केन्द्रिय कमिटी सचिव पूर्व मन्त्री टोप बहादुर रायमाझीले पाँच दलिय गठबन्धनलाई परास्त गर्दे अर्घाखाँची जिल्लालाई सुर्यमय बनाउने हैसियत प्रदान गरेकोमा मतदाताहरुलाई धन्यवाद दिनुभयो । केन्द्रिय कमिटी सचिव रायमाझीले निर्वाचनमा एमालेलाई हराउने तागत कुनै शक्तिसँग नभएको भन्दै देशमा दुइतिहाई सहितको मत आउन नसकेकोमा देशमा राजनीतिक संकट र स्थिरता हुनेभन्दै चिन्ता व्यक्त गर्नुभयो ।
जनतामा व्यवस्था फेरियो तर जनताको अवस्था फेरिन सकेन भन्ने विषय राजनीतिक दलहरुलाई चुनौती भएको भन्दै त्यसलाई बदल्नका लागि नागरिकको मत र सवालहरुलाई सम्बोधन गरेर अगाडी बढ्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व आन्तरीक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले जनताको भावनालाई बुझेर विगतमा बाँकी रहेका कामलाई अगाडी बढाउने बताउनुभयो । उहाँले विगतमा जनतासँग काम गर्ने बाचा गरेका तर काम गर्दा गर्दे पुरा गर्न नसकेका कामलाई तपाई मतदाताहरुको सल्लाह अनुसार अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले अवका दिनमा ध्यान नपुगेका विषयहरुलाई अझ सक्रिय रुपमा परिमार्जित गरेर अगाडी बढने बताउदै पाँच दलिय गठबन्धनलाई परास्त पारेर अर्घाखाँचीमा सुर्यध्वजा फरफराउन हिम्मत दिने सबैलाई धन्यवाद दिनुभयो ।
प्रतिनिधि सभा सदस्य सरीता भुसालले अर्घाखाँची जिल्लालाई सुर्य ध्वजा वाहक बनाउन एमालेको किल्ला बनाउनको लागि सहयोग गर्ने सम्पूण मतदाता र पार्टी एकताप्रति सबैलाई बधाई दिंदै अर्धाखाँचीमा जन्मिएर हुर्केर राजनीतिक शिक्षा सिकाएकोले आज आफुलाई सम्मान गरेकोमा भावुक हुँदै माइतीले दिएको शिक्षालाई कतै दाग लाग्न नदिइ काम गर्ने बताउनुभयो ।
कार्यक्रममासंगठन विभाग प्रमुख पिताम्बर भुसालले अर्घाखाँचीलाई एमालेको किल्ला बनाउनका लागि जिल्ला बाहिर कर्मथलो बनाएका जिल्लाबासीको महत्वपूर्ण भूमिका रहेको भन्दै पाँच दलिय गठबन्धनलाई धुलो चटाउनका लागि जिल्ला छोडेर कर्म थलो बनाएका सबैको साझा प्रयासले सम्भव भएको भन्दै सबैलाई बधाई दिनुभयो । उहाँले सबैले पार्टीको नीति र विधि अनुसार काम गरेमा कहिल्यै पछुताउन नपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य रामजी घिमिरेले जनताका सवालहरुलाई सर्वोपरि ठानेर काम गरेका कारण एमालेको किल्ला भएकोले यो जीत सबैको जीत भएको भन्दै जनताको अपेक्षा अनुसार मतदाताको सल्लाह अनुसार अगाडी बढने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य विजुला रायमाझी सम्पर्क समाजका सचिव गोपाल घिमिरे लगायत, कार्यक्रमका अध्यक्ष डवल बिसीले सबै पेशा व्यवसायीलाई धन्यवाद दिंदै अवका दिनमा पार्टीको राजनीतिक रणनीति योजना बनाएर पाँच वर्षपछि पनि निरन्तर पार्टीको साखलाई टिकाउने र विकाउने गरेर समय सापेक्ष अगाडी बढन आग्रह गर्नुभयो ।
कार्यक्रम सम्पर्क समाजका अध्यक्ष डवल बहादुर बि.सी.को अध्यक्षता सचिव गोपाल प्रसाद घिमिरेको संचालनमा संम्पन्न भएको थियो ।