add frist

पारदर्शी साकोसको १२ औ साधारण सभा सप्पन्न

बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्र बहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उप-महानगरपालिकाका सहकारी शाखा प्रमुख गुनाखर खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले सहकारीहरुको सहभागीतमा आर्थिक समृद्धि संभव भएको बताए । सहकारीहरुको सहभागीतमा आर्थिक समृद्धि संभव भएको र छरिएर रहेका पूजीलाई एकिकृत गरी आय मूलक कार्यमा लागानी गर्न सहकारीले प्रेरित गरेकोले नेपालको अर्थतन्त्रमा सहकारीको ठूलो योगदान भएको बताए ।अतिथि राष्ट्रिय सहकारी बैंक लि. बुटवल शाखाका शाखा प्रमुख नारायण वेल्वासेले छरिएर रहेका पूजीलाई एकिकृत गरी आय मूलक कार्यमा लागानी गर्न शहकारीले प्रेरित गरेकोले नेपालको अर्थतन्त्रमा सहकारीको ठूलो योगदान भएको बताए । साथै संस्थाको भिजन के हो भनी रणनीति योजना तयार गरि अघाडी बढ्न सुझाव दिए ।

कोभीड -१९ को सन्दर्भमा स्वास्थ सुरक्षा मापदण्ड अपनाइ संस्थाले असोज १ देखि १० सम्म प्रतिवेदन विवरण तथा उपस्थिती पुस्तिकामा हस्ताक्षर , असोज ११ देखि १५ सम्म सुझाव संकलन र असोज
१६ गते प्रतिवेदन उपर शेयर सदस्यहरुको सुझाब एकीकृत एवं माइन्युट गरि साधारण सभा सम्पन्न गरिएको हो ।

हाल यस संस्थामा जम्मा ७०४ सदस्य रहेका छन् त्यसै गरी संस्थाको शेयर पूँजी रु १००४७०००/- कुलपुँजि रकम रु ७१९२४१३९,|३४/- रहेको छ । लगानीमा रहेको कर्जा ६०४६७६०८/- सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

बुटवल उपमहानगरपालिका सुख्खानगर स्थित होटल स्पानमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष मान बहादुर थापाको स्वागतमा कार्यक्रमको सञ्चालन संस्थाका सचिव युवराज न्यौपानेले गरेका थिए ।

आगामी दिनमा संस्थाको बहुउद्देश्यीय अनुरुपका कार्यहरु गर्ने योजना अनुरुप कार्य भईरहेको अध्यक्ष चन्द्र बहादुर महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु