add frist

पारदर्शी साकोसको १३ औ साधारण सभा तथा ५ औ अधिवेशन सम्पन अध्यक्ष महत सर्वसम्मत

बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा तथा ५ औ अधिवेशन सम्पन्न भएको छ । संस्थाका चन्द्र बहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रूपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टराईले इतिहास देखि वर्तमान सम्म आर्थीक समिक्षा गर्दा सहकारीको योगदान र भूमिका महत्वपूर्ण रहेकोे र पूँजीलाई एकिकृत गरी आय मूलक कार्यमा लगानी गर्न सहकारीले प्रेरित गरेकोले नेपालको अर्थतन्त्रमा सहकारीको ठूलो योगदान भएको बताउनुभयो । साथै संस्थाको भिजन के हो भनी रणनीति योजना तयार गरि अघाडी बढ्न सुझाव दिनुभयो ।

आ.व.०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन संस्था अध्यक्षले प्रस्तुत गर्नुभएको थियो । लेखा समितिका सदस्य सन्तोष सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हाल यस संस्थामा जम्मा ८४० सदस्य रहेका छन् त्यसै गरी संस्थाको शेयर पूँजी रु १०,४८७,०००/– ,कुलपँुजि रकम रु ८५,०२६,३९६/– रहेको छ । लगानीमा रहेको कर्जा ७५,४४७,५४६/– सहितको आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री रमेश कुमार भण्डारीले प्रस्तुत गर्नुभएको थियो । ति.न.पा.३.योगिकुटी स्थित दरवार लन पार्टी प्यालेशमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष मान बहादुर थापाले स्वागत गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन सचिव युवराज न्यौपानेले गर्नुभएको थियो । सोही कार्यक्रममा संस्थामा सदस्यहरु वृद्धि गर्ने असल सदस्य एवं कर्मचारीलाई मायाको चिनो तथा सम्मान गरीएको छ । आगामी दिनमा संस्थाको बहुउद्देश्यीय अनुरुपका कार्यहरु गर्ने योजना अनुरुप कार्य भईरहेको अध्यक्ष चन्द्र बहादुर महतले बताउनुभयो ।

अध्यक्षमा चन्द्र बहादुर महत सर्वसम्मत

पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा तथा ५ औ अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा पुनः चन्द्र बहादुर महत सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा मान बहादुर थापा,सचिवमा युवराज न्यौपाने, कोषाध्यक्षमा रमेश कुमार भण्डारी साथै सदस्यहरूमा कल्पना काफ्ले,नारायण सिं खत्री,मधु ढकाल उपाध्याय,कृष्ण प्रसाद काफ्ले,कृष्ण बहादुर क्षेत्री रहनुभएको छ । जसको लेखा संयोजक किरण गौतम र सदस्यमा राम प्रसाद गौतम र राजु शर्मा निर्वाचित हुनभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु