add frist

संस्था विकास तालिम सम्पन्न

बुटवल । बुटवल १० मा रहेको पारदर्शी बचत तथा ऋण सहकारी संस्था ली.ले संस्थाका संञ्चालक समिति र बिभिन्न उपसमितिहरू बिचमा संस्था विकास तालिम प्रदान गरेको छ ।

सहकारीमा रहेका शेयर सदस्यहरूको हितको लागी सहकारीले ज्ञान प्रदान गर्ने उद्देश्यका साथ वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको सहकारीले जनाएको छ ।

संस्थाका अध्यक्ष चन्द्र बहादुर महतको अध्यक्षतामा राष्ट्रिय सहकारी बैंक लि. बुटवल शाखाका शाखा प्रमुख नारायण वेल्वासेले प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

संस्थाको सुदृढीकरणका लागि रणनीतिक कार्ययोजना तर्जुमा विधि, प्रक्रिया तथा सहकारीलाई प्रभावकारी रुपमा कसरी सञ्चालन गर्ने, संस्थाको विकासका लागी कसरी अघाडी बढ्ने भन्नेबारे आधारभूत ज्ञान र उत्प्रेरणा प्राप्तिको उद्देश्यका साथ संचालित उक्त कार्यक्रमको संस्थाका सचिव युवराज न्यौपानको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु