add frist

करोडौँ रकम ठगेर फरार भएपछि पिडीत मर्कामा

पोखरा । पोखराका एक पुरूषले विभिन्न व्यक्तिहरुको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका छन् । पोखरा महानगरपालिका–१६ महेन्द्रगुफा बस्ने ३७ बर्षका राम बहादुर नेपालीले आकर्षक ब्याजको प्रलोभन देखिएर दर्जनौं मानिससँग १ करोड रुपैयाँ भन्दा बढि रकम ठगेर फरार भएका हुन ।

पोखरामा रहेका आफन्त, साथीभाइसँग विभिन्न कामको लागि भन्दै करोडौं रकम जम्मागरेर उनी फरार भएका हुन् । फरार रहेका नेपालीलाई यथाशीघ्र पक्राउ गरी कारबाहीको माग गर्दै पीडितले सञ्चारकर्मी गुहारेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै पीडितले न्याय पाउन धेरै ठाउँ धाए पनि कसैले सुनुवाइ नगरेको गुनासो गरेका छन् ।

ठगी गर्ने नेपालीले सुरुसुरुमा आफ्नो समस्या देखाइ समाधान गर्न लगाउने र केही व्यक्तीलाई बैंक रकम नभएको (बाउन्स चेक) समेत दिएका छन् । सुरुमा १–२ लाख माग्ने र केही दिनपछि यति अरु दिएपछि मात्र पैसा आउने र दिने बहाना बनाउदै पैसा असुल्ने पीडितहरूको भनाइ छ । उनले आफ्नै साथीसँग करोडौं रकम उठाएर ठगी गरेर फरार भएपछि पोखराका पीडित व्यक्तिहरू न्यायको खोजीमा भौंतारिरहेका छन् । पोखराका १० जनाभन्दा बढी व्यक्तिसँग पटकपटक गरेर उक्त रकम सापटी लिएको पीडितहरूले बताएका छन् ।

जापन बस्ने राम बहादुर नेपालीका आफ्नै भाई भगवान नेपाली समेतको संलग्नतामा दाजु–भाईले (राम र भगवान) आफ्नो पीडा देखाएर ती व्यक्तिसँग सिलसिलेबार ढंगबाट रकम उठाउँदै आएका थिए ।

‘पोखरा महानगरपालिका –२५ हेम्जा बस्ने रूपा गुरूङ्ग सँग जापन बस्ने भाईले जापानमा होटल खोल्दै छ एक महिना बैंक व्यालेन्स देखाउनको लागी हो, एक महिना पछि व्याज सहित फिर्ता गर्छु ’–भनि १८ लाख ८८ हजार,पोखरा –१६ महेन्द्रगुफा बस्ने दिल बहादुर परियार सँग २५ लाख ५० हजार, पोखरा –१६ घार्मिखोला बस्ने क्षेत्रे नेपाली सँग ७ लाख,दुर्गा सुनार सँग १५ लाख, पोखरा –१६ सुन्दरफिट बस्ने लक्ष्मी थापा सँग ३ लाख, शंकर नेपालीसँग २ लाख रुपैयाँ विभिन्न बहनामा उनीहरूले सापटी लिएको पीडितहरूले बताएका छन् ।

२०७८ चैत्र २६ गतेका दिन बजार जाने भनेर घरबाट निस्केको र अहिलेसम्म कुनै सम्पर्कमा नआएको राम बहादुर नेपालीकी भाउजु डिलमाया नेपालीले बताईन । अहिले धेरै जना आफ्नो देवरले पैसा लगेको भन्दै घरमा आउने गरेको भए तापनि त्यो विषयमा आफुलाई कुनै जानकारी नभएको उनले बताईन । देवरले पैसा माग्ने विषयमा घरमा कुनै सल्लाह पनि नगरको उनी बताउँछिन । राम बहादुर नेपाली र जापनामा बस्ने भगवान नेपाली नाम गरेका दुबै जना घर परिबार सँग सम्पर्कमा नआएको नेपालीको आमा कालिका सार्कीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु