साउन १ गतेदेखि लागू हुने गरेर सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री

काठमाडौं, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । आज रिपोर्ट्स क्लबको २३ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरि सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो ।
‘सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भन्नुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले कतिपयले देश संकटमा परेको भनेर हल्ला गरेको भन्दै कहाँ पर्यो संकटरु भन्दै प्रश्न गर्नुभएको छ । ‘कतिपयले देश संकटमा परेको हल्ला गरिरहेका छन्, म त देख्दैन, केपी, प्रचण्ड, माधवलाई संकट परेको होला,’ उहाँले भन्नुभयो, ‘यो अर्को कुरा हो । कहाँ पर्यो संकटरु ससैले तलव भत्ता भएनन् कि रु के भयोरु’
यस्तै उहाँले कार्यक्रममा आफ्नो सरकारले आएपछि थुप्रै काम भएको र त्यस काम देखेर कतिपय आत्तिएको बताउनुभयो ।