add frist

गृहपृष्ठ तिलोत्तमामा एमालेका चापागाईं र चौधरीद्वारा उम्मेद्वारी दर्ता

तिलोत्तमामा एमालेका चापागाईं र चौधरीद्वारा उम्मेद्वारी दर्ता

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेको तर्फबाट नगरप्रमुख मोहन चापागाई र उपप्रमुखमा जागेश्वरी चौधरीले उम्मेदवारी दर्ता गरेका छन । बाजागाजा सहित शक्ति प्रदर्शन गरेर उम्मेदवारी दर्ता गरेका हुन ।

उम्मेदवारी दर्ता पछि बोल्दै मेयरका उम्मेदवार चापागाईंले समृद्व तिलोत्तमा बनाउने अठोट गरे । चापागाईं नेकपा एमाले रूपन्देही जिल्ला कमिटी सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर अध्यक्ष पनि भइसकेका छन् । उपमेयरमा उम्मेदवारी दिएकी जागेश्वरीदेवी चौधरीले अघिल्लो निर्वाचनमा पनि उपप्रमुखमा निर्बाचित भएकी थिईन । उनले १९ हजार २ सय २४ मत प्राप्त गरि विजयी हुँदा जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु