add frist

गृहपृष्ठ नेपाल-खनाल समूहले बोलायो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

नेपाल-खनाल समूहले बोलायो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला

बुटवल। नेकपा एमालेको नेपाल-खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले बताए ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु