add frist

गृहपृष्ठ प्रदेश सरकारले भन्यो:विमला स्वेच्छाले मुख्यमन्त्रीको निवासमा बसेकी हुन

प्रदेश सरकारले भन्यो:विमला स्वेच्छाले मुख्यमन्त्रीको निवासमा बसेकी हुन

बुटवल, साउन । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धन नबनाइएको दाबी गर्दै स्वेच्छाले बसेको बताएको छ। सरकारका प्रवक्ता वैजनाथ चौधरीले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको बताउनुभयो ।

विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो स्वेच्छाले मुख्यमन्त्री निवासमा वस्ने र त्यहावाट हीड्दाको वखत अपहरण गरी वन्दी वनाई राखेको कुरा मीडीयाको सामु भनेको सुन्दा आश्चर्य लागेको छ । माननीय विमला वलीलाई कसैले करकापमा पारी ल्याएको पनि होईन र साउन १५ देखी साउन १९ गतेसम्म स्वेच्छाले वस्नु भएको हो।’

प्रदेशसभा वलीले भने विहीबार पत्रकार सम्मेलन गर्दै आफूलाई नेपालगन्ज लैजान्छु भनेर बुटवल लगि मुख्यमन्त्रीको निवासमा बन्धक बनाइएको बताउनुभएको थियो । बिहीबार नै नेकपा एमाले लुम्बिनी प्रदेशले पनि उक्त कुराको खण्डन गरेको थियो ।

विमलालाई बन्धक साउन १५ गतेदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धनक बनाइएको भन्दै नेकपा माओवदी केन्द्रले भने त्यसको निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु