add frist

गृहपृष्ठ माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवलमा

माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवलमा

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार बुटवल आउँदै छन् ।

प्रचण्ड विहान आठ बजेको उडानबाट बुटवलतर्फ हिडिसकेका छन् ।

बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको अघिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल आउन लागेको पार्टीका जिल्ला सचिव निर्मल जीसीले जानकारी दिए ।

प्रचण्डले दिउँसो १२ बजे बुटवलको क्लव डेनोभोमा कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

दिउँसो कार्यकर्तालाई उपस्थितिको लागि सचिव जीसीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु